कनकाई अनलाईन
साझा पार्टीको केन्द्रिय सदस्यमा झापा कनकाईका वामपन्थी नेता भीमप्रसाद अधिकारी चयन हुनुभएको छ ।
साझा पार्टीले आफ्नो २६ सदस्यीय केन्द्रीय समितिमा सात जना नयाँ सदस्य थपेको हो , जसमा झापाका भीमप्रसाद अधिकारी सहित अन्य देशकै प्रतिष्ठित व्याक्तिहरु रहेका छन । आइतबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो।
नयाँ थपिएका सदस्यहरुमा नेपाल जेसिसमा आजसम्म राष्ट्रिय अध्यक्ष बनेका तीन महिला मध्येकी एक कीर्ति तुलाधर, जनस्वास्थ्यमा विद्यावारिधि गरेकी समाजसेवी तथा गत निर्वाचनमा साझा पार्टीको काठमाडौँ क्षेत्र नं ३ की उमेदवार सुमित्रा सिंह लामा। शिक्षा क्षेत्रको नीतिगत र व्यवस्थापन तहमा लामो अनुभव हासिल गरेका उच्च माध्यमिक शिक्षा परिषदका पूर्व सदस्य सचिव नारायण कोइराला। नेपाल जेसिसका पूर्व अध्यक्ष तथा नेतृत्व प्रशिक्षक विकल शेरचन। प्रहरी सेवामा सफल कार्यकाल निर्वाह गरेका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक रोहित थापा र काभ्रे जिल्लाका २०० भन्दा बढी स्कुलमा आफ्नो अग्रसरतामा पुस्तकालयहरू निर्माण गरेका, पेशाले व्यवसायी तथा साहित्यकार विकु लामा रहेका छन ।
साझा पार्टीले देशैभरिबाट उल्लेख्य संख्यामा महिला र युवाहरूलाई पनि पार्टीको केन्द्रीय समितिमा छिट्टै सामेल गर्दैछ।
साझा पार्टीका संयोजक रवीन्द्र मिश्र भन्छन्स् “विविध क्षेत्रमा उपलब्धि हासिल गरेका फरक पृष्ठभूमिका नेपालीहरू साझा पार्टी निर्माणमा संलग्न हुनुले आम नागरिकमा पार्टी प्रतिको आशा र विश्वासलाई पुनस् पुष्टी गरेको छ। नयाँ सदस्यहरूको पार्टी नेतृत्वमा आगमनले पार्टी पंक्तिको मुलुक रूपान्तरणको आत्मविश्वासलाई अझै दृढ बनाएको छ।”
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा