कनकाई अनलाईन
झापाको बिर्तामोड क्षेत्रमा बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग सामाग्री बितरण गरीएको छ । बिर्तामोड अपाङ्गता स्वाबलम्बन संस्थाको आयोजना तथा नगरपालिकाको महिला बालबालिका शाखाको सहयोगमा सोमबार आयोजीत एक कार्यक्रमका बिच उक्त सहयोग सामाग्री हस्तान्तरण गरीएको हो ।
समुदायमा आधारीत पुर्नस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुलाइ एकथान ह्वील चियर,एक थान हेयरिङ् एड,एक जोडी बैशााखी र ४ जनालाई १० हजारका दरले बिउ पुँजी बितरण गरिएको संस्थाका सचिव हरीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष दिपक थापाको अध्यक्षतामा आयोजीत कार्यक्रममा बिर्तामोड नगरपालिका बडा नम्बर ४ का वडा अध्यक्ष कुल प्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेकोे थियो । संस्थाका सल्लाहकारद्धय रुपक खनाल र प्रकास भट्टराइले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि संग्रौलाले संस्थाले गरेको कार्यको प्रशंसा गर्नुभयोे । अपाङ्गता भएका ब्यक्ती र अभिभावकको समेत उपस्थिती रहेको कार्यक्रमको संचालन सचिब हरिप्रसाद अधिकारीले गर्नुभएको थियो ।
Trending
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव