कनकाई अनलाईन
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन(अनेरास्ववियु)का सह —अध्यक्ष रंजित तामाङ्गले पार्टीले आफुमाथि अन्याय गरेपनि आफु पार्टीको सिपाई भएकोले पार्टीद्धारा प्रदान गरिएको सहअध्यक्षको भुमिका स्वीकार गर्ने बताउनुभएको छ ।
केहि दिन पहिले नेकपाको भातृ संगठन अनेरास्ववियुको अध्यक्षमा ऐन महर र सह—अध्यक्षमा तामाङ्गलाई जिम्मेवारी तोकेपछि तामाङ्गले सो पद अस्वीकार गर्दै आउनुभएको थियो ।
बुधवार आज गृहजिल्ला झापामा प्रेस संगठन झापाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै विद्यार्थी नेता तामाङ्गले आफु अन्यायमा परेको भएपनि पार्टी एकताका लागि आफुले त्याग गरेको बताउनुभयो ।
तामाङ्ग अरु भातृ संगठनमा एउटा साविक अध्यक्ष अध्यक्ष हुदा अर्को साविक अध्यक्ष सचिव रहने प्रावधान रहेपनि विद्यार्थीमा मात्रै यो नियम लागु नगरेर आफुमाथि अन्याय गरिएको भन्दै आफुलाई विद्यार्थी बाहेकको अन्य जिम्मेवारीमा राखिदिन नेतृत्वसग अनुरोध समेत गरिसकेको जानकारी दिनुभयो ।
पार्टी एकतापछिको निर्वाचनमा समेत आफु तत्कालिन पार्टी अध्यक्ष केपि शर्मा ओलीको निर्वाचन क्षेत्रमा र अखिल अध्यक्ष नविना लामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा खटिएको बताउदै पार्टीलाई एकढिक्का बनाइराख्न पनि आफुले अग्रजहरुको सल्लाहमा जिम्मेवारी स्वीकार गरेको बताउनुभयो ।
विद्यार्थी नेता तामाङ्गले हालको साविक लोभलाग्दो अवस्थाको पार्टीलाई यथास्थानमा राख्दै नेतृत्व हस्तानतरण भावी पुस्तालाई दिन वर्तमान नेतृत्व तयार रहनुपर्ने भन्दै आफु प्रचण्डको निर्देशनमा जिवनलाई वलीदान गर्न तयार रहेर युद्धमा होमिएको सिपाई भएकोले हाल खुल्ला परिस्थितिमा समेत प्रचण्डकै निर्देशनलाई मानेर पदलाई वलिदान दिएको खुलासा गर्नुभयो । हामी युवा विद्यार्थीहरु एकता चाहन्छौ वलियो पार्टी चाहन्छौ जसका लागि हामीले हिजोदेखि आजसम्म जस्तोसुक्कै वलिदान गर्न आफुलाई तयार राखेका छौ ҆ यसकै निरन्तरता आजको संगठन एकतामा समेत देखिएको छ , तामाङ्गले भन्नुभयो ।
अझैपनि दुई पार्टीविचमा वैचारिक र कार्यगत एकतामा समस्या देखिएको होकि भन्ने भ्रम चिर्न समेत यस एकताले बल पुगेको नेता तामाङ्गले बताउनुभयो । पार्टी एकता अव पानीमा चिनी घुलेजसरी भएको छ यसको प्रमाण युवा र विद्यार्थीको एकताबाट पनि देखिएको छ एकताको भावलाई हामी पुष्टि गर्नेतर्फ लागेका छौ नेता तामाङ्गले भन्नुभयो । विश्वमा २५ बर्षमा निर्वाचित र ३५ बर्षमा देश संचालन गरिरहेको इतिहास विश्वमाझ भएकोले यस काममा नेपाली युवापनि नेतृत्वका लागि तयार र सक्षम रहेको तामाङ्गले बताउनुभयो ।
केहिदिन पहिले नेकपाको कार्यादलबाट भातृ संगठनको नेतृत्व टुङ्गाउदा तत्कालिन एमालेको नेतृत्वमा विद्यार्थी संगठन परेपछि अध्यक्ष नविना लामालाई अध्यक्ष नदिएर महासचिव ऐन महरलाई विद्यार्थीको अध्यक्ष पद दिएसगै तत्कालिन अखिल क्रान्तिकारीका अध्यक्ष तामाङ्गले सो पद अस्वीकार गर्ने बताउदै आउनु भएको थियो ।
एकसाता पछि आफ्नै गृहजिल्लामा पत्रकार सम्मेलनको आयोजना गरि तामाङ्गले एकतापछिको पद स्वीकार गरेको बताउनुभएको हो । प्रेस संगठन झापाका सन्तोस शर्माको सभापतित्व तथा लीलाराज झापालीको संचालनमा पत्रकार सम्मेलन भएको थियो । कार्यक्रममा विद्यार्थी नेताहरु तत्कालिन अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष ईन्द्र भुसाल , लेखा आयोग अध्यक्ष बाबुराज दाहाल , प्रदेश नम्बर १ का संयोजक मदन भट्टराई , सहसंयोजक खगेन्द्र सुवेदी , विद्यार्थी नेता महेन्द्र भट्टराई , भक्त विक लगायातको आतिथ्यता रहेको थियो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ