Kanakai Online

महिला फुटबलमा कनकाईको जित


शनिवार, फागुन १८, २०७५ |

कनकाई अनलाईन
कनकाई खेलकुद प्रतिष्ठान सुरुङ्गाको आयोजनामा झापा कनकाई नगरपालिका ३ सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा चौथो जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रदेशसभा सांसद हिराकुमार थापाले उद्घाटन गरेको प्रतियोगिताको उद्घाटन खेलमा कनकाई नगरपालिकाले झापा गाउपालिकालाई ० का बिरुद्ध २ गोल गर्दै बिजयी बनेको छ ।
आगामी फागुन २४ गतेसम्म संचालन हुने प्रतियोगितामा झापाका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बिजयी हुने टिमले नगद ६० हजार र दोस्रो हुने टिमले ४० हजार रुपैँया पाउने आयोजक समितिका सदस्य विनोद रानामगरले बताउनुभयो । प्रतियोगिताको दोस्रो दिनको खेल आइतवार दमक नगरपालिका र हल्दिवारी गाउपालिकाविच हुने आयोजक समितिकी संयोजक अम्बिका खरेलले बताउनुभयो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि थापा , कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई , युवा नेता रबिन्द्र लम्साल , कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , कनकाई नगरपालिका ९ का वार्डअध्यक्ष प्रेम राजवंशी , खगेश्वर उप्रेती लगायातले बोल्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व आयोजक कनकाई खेलकुद प्रतिष्ठानको कार्यवाहक अध्यक्ष राजेन्द्र उप्रेतीले गर्नुभएको थियो । प्रतियोगिता कनकाई नगरपालिकाको आर्थिक सहयोगमा संचालन भएको प्रचार विभाग प्रमुख विश्वनविन बास्तोलाले बताए ।