कनकाई अनलाईन
भारतीय विद्युतीय सामग्री उत्पादन कम्पनी भान्कोन मोड्यूलर कम्पनीले सुरुङ्गामा प्रबद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीका सामग्रीका प्रदेश नं. १ को मुख्य डिलर सृजना स्टोर सुरुङ्गाको आयोजनामा भएको कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलामका १ सय बढी बिक्रेता र बिजुली मिस्त्रीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीको मुख्य बिक्री प्रबद्र्धक राजीव पटनायकले कम्पनीको परिचय प्रस्तुत गरेका थिए । सन् २००८ मा किशोर गुर्गानीले मुम्बईमा स्थापना गरेको कम्पनीले भारतका विभिन्न ठाउँमा १ हजार बढी मुख्य डिलर स्थापना गरिसकेको छ भने कम्पनीले सन् २०१७ देखि नेपाल र भुटानमा पनि आफ्ना डिलर शाखा विस्तार गरेको छ । अहिले कम्पनीको वार्षिक कारोबार १ सय ६० करोड रुपैयाँ पुगेको पटनायकले जानकारी दिए ।
सामग्री उत्पादनमा विविधीकरण गर्दै निर्यातलाई पनि विस्तार गर्ने र निकट भविष्यमा विश्वस्तरीय विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको पटनायकले बताए ।
कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलको प्रमुख आतिथ्य र साविक सुरुङ्गा गाविसका पूर्व अध्यक्ष भीमप्रसाद अधिकारीको विशेष आतिथ्यमा भएको कार्यक्रममा कम्पनीको हरियाणा स्टेटका एरिया सेल्स मेनेजर रोहितकुमार अग्रवालले कम्पनीले उत्पादन गर्ने भान्कोन इलेक्ट्रिकल एक्सेसोरिजका बारेमा प्रकाश पारेका थिए । कम्पनीले हाल लेड लाइट, टच स्वीच, केटु स्वीच, नेक्सा मोड्यूलर प्लेट, जेड स्वीच, सेरेनिटी स्वीच, ग्याङ बक्स, वायर, प्यानल बोर्ड, एमसीभी, स्वीच रेगुलेटर, फ्यान रेगुलेटर, इलेक्ट्रिक सकेट, ल्याम्प होल्डर लगायतका विद्युतीय सामग्री उत्पादन गर्दै आएको छ । आईएसओ ९००१ प्राप्त कम्पनीले ‘कम्फर्ट फस्ट, कम्फर्ट लास्ट, कम्फर्ट अल्वेज’ नारालाई अघि सारेको छ । कार्यक्रममा कम्पनीका नेपाल च्यानल पार्टनर आलोक जयसवालले औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विद्युतीय व्यवसायी संघ झापाका अध्यक्ष भक्ति पाठकले गुणस्तरीय विद्युतीय सामग्रीको आवश्यकतालाई भान्कोनका उत्पादनले पूरा गर्ने आशा रहेको बताए ।
कार्यक्रममा विविध मनोरञ्जनात्मक प्रस्तुतिहरु समेत राखिएका थिए । कम्पनीका काठमाण्डौ प्रतिनिधि अमित शाह, कनकाई सुरुङ्गा प्रेस क्लबका संस्थापक अध्यक्ष तीर्थराज खरेल, नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य लीलाराज झापाली लगायतको आतिथ्य रहेको कार्यक्रममा विद्युतीय सामग्री व्यवसायीहरु रत्न आचार्य, उत्सब बाँस्तोेला लगायतले जिज्ञासा राखेका थिए । उठेका प्रश्नहरुको जवाफ रोहितकुमार अग्रवालले दिएका थिए । आयोजक सृजना स्टोर सुरुङ्गाका सञ्चालक डिल्लीराम बाराकोटीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन निर्माण व्यवसायी एवम् सञ्चारकर्मी डिल्लीराम घोर्सार्इंले गरेका थिए ।
Trending
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम