कनकाई अनलाईन ।
झापा कनकाई नगर क्षेत्रका अटोरिक्साहरु असुरक्षित हुन थालेका छन ।
अपरिचित मानिसको अटोरिक्सामा चढ्न छोरीचेली तथा नगद पैसा तथा बहुमुल्य सम्पत्ति बोकेका यात्रुसमेत अटोरिक्सावालाबाट लुटीने सम्भावना वढ्दै गएको छ ।
शुक्रबार दिउसो सुरुङ्गा चोकबाट १ किलोमिटर माथि आफ्नो साथीको घरसम्म अटोरिक्सामा चढेकी एक कनकाई माविमा कक्षा १० मा अध्यानरत् छात्रा गम्भिर घाईते बनेकी छन । उनी सुरुङ्गाको एक अटोरिक्साबाट आफ्नो साथीको घरसम्मका लागि चढेकोमा अटोरिक्सावालाले साथीको घरआइपुग्दा पनि नरोकी जंगलतीर लगेपछि गुहारमाग्दै अटोबाट हामफालेर आफ्नो ज्यान बचाउन सफल बनेकी छिन । उनी हामफालेपछि उनको नाकको हड्डी भाचिएको छ भने शरिरमा चोटपटक लागेको छ । उनको सुरुङ्गास्थित प्रधान मेडिसिनमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विर्तामोडस्थित कंचनजंघा अस्पतालमा लगिएको छ ।
घटना घटाउने अटोरिक्सा चालक र अटोरिक्साको पहिचान भएपनि हालसम्म पक्राउ हुन नसकेको प्रहरीले जनाएको छ । झापा सुरुङ्गामा पर्यटकिय स्थल धेरै भएकोले जिल्लाभरका अटोरिक्सावालाहरुका लागि सुरुङ्गा कमाइका हिसाबले समेत आकर्षण गन्तव्य भएकोले जिल्ला बाहिरबाट समेत दर्जनौ अटोरिक्सावालाहरुले यस क्षेत्रमा रिक्सा चलाउदै आएका छन् । उनीहरु यस क्षेत्रका यात्रुलाई लुट्नेदेखि अनुचित क्रियाकलाप समेतमा संग्लन रहदै आएका कारण यस क्षेत्रका यात्रुहरुमा असुरक्षा समेत बढ्न थालेको छ ।
Trending
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी