लीलाराज झापाली
राष्ट्रपति बिद्यादेवि भण्डारी बुधवार ( आज ) झापाको दुई स्थानमा आधुनिक र आर्गनिक खेतीको अवलोकनका लागि झापा आउने झापामा सुरक्षा व्यावस्था कडा पारिएको छ ।
झापाको शिवसताक्षी नगरपालिका ७ चन्द्रडाँगी स्थित वाली विकास तथा कृषि जैविक विविधता केन्द्रमा लगाइएको आर्गनिक कोपि र गहु खेती तथा गौरादह नगरपालिका ५ स्थित महारानीझोडाको महारानीझोडा साना किसान सहकारी संस्थाको सहजीकरणमा ९० विगाह जमिनमा लगाइएको नमुना सामुदायिक खेतीको अवलोकनका लागि राष्ट्रपति भण्डारी झापा आउन लाग्नु भएको हो ।
राष्ट्रपति झापा आउने भएपछि समग्र झापा जिल्ला र राष्ट्रपति आउने स्थानको सुरक्षा व्यावस्था कडा बनाइएको झापाका प्रहरी प्रमुख भीमप्रसाद ढकालले गोरखापत्रलाई बताउनुभयो । हामीले जनपद , शसस्त्र र नेपाली सेना र विशेष प्रहरीकाका सादा पोशाक सहितका सुरक्षाकर्मीलाई परिचान गरेका छौ , प्रहरीले राष्ट्रपति आउने स्थानमा सुरक्षा थप व्यावस्थित बनाएको ढकालले बताउनुभयो । दुबै स्थानमा राष्ट्रपटि भण्डारी हेलिकप्टरमा आउने र कृषि विकास फार्मको जमिनमा अस्थायी हेलिप्याडको समेत निर्माण गरिएको बाली विकास केन्द्रका प्रमुख हिरालाल शाहले बताउनुभयो ।
यस वाली विकास केन्द्रमा नेपालकै कृषि विज्ञहरुले उत्पादन गरेको कोपि र गहुको बिउबाट नमुना खेती गरिएको शाहले बताउनुभयो । यस खेती सफल भएमा यहाँबाट बिउ उत्पादन गरि देशका अन्य भागमा समेत विस्तार गरिने शाहले बताउनुभयो । राष्ट्रपति आउने भएपछि यस क्षेत्रको सडक मर्मत र बजार तथा ग्रामिण क्षेत्र सरसफाईलाई तीब्रता दिइएको छ ।
राष्ट्रपतिको साथमा कृषि विज्ञ , कृषि मन्त्री सहितको टोली समेत यस स्थानमा आउने बताइएको छ । दिइएको जानकारी अनुसार राष्ट्रपति ११ बजे महारानीझोडा र १ बजे चन्द्रडाँगी आउदैहुनुहुन्छ ।
फोटो अस्थायी प्याराफिट बनाइदै
Trending
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव