कनकाई अनलाईन
शव दाह सत्कारका लागि पुर्वकै पवित्र मानिएको कनकाई घाटको सङ्ख्या कम हुदा टाडा टाडाबाट दाह सत्कारका लागि आउने मानिसहरुले सास्ती खेप्दै आएका छन ।
यस घाटमा हाल आधुनिक २ वटामात्रै दाह संत्कारका लागि व्यावस्थित घाट रहदा दैनिक ५ देखि १० जनासम्मको सङ्ख्यामा शव दाह सत्कारका लागि आउदा दाह सत्कारका लागि चितास्थलको कमि हुदा दाह सत्कारका लागि पाि पालो कुर्नु पर्ने नभए चितास्थल बाहिरै नदिमा राखेर अन्तिम सत्कार गर्नुपने बाध्यता छ ।
ेअव भने दाह सत्कारका लागि आउनेहरु केहि हदसम्म यस समस्याबाट मुक्त हुने भएका छन । विर्तामोडको समाजसेवि खड्का परिवारले यस क्षेत्रमा करिव ४० लाखको लागतमा अर्कोपनि दाह सत्कारका लागि चित्तास्थल निर्माण थालेको हो । विर्तामोडकी समाजसेवी तिलरुपा खड्का छोरा धर्म खड्का लगायातको खड्का परिवारले कनकाई माइ पुर्वी घाट कोटिहवनमा शनिवारदेखि यस क्षेत्रमा थप एउटा शव दाह गृह निर्माण थालेको हो ।
विशेष धार्मिक विधिअनुसार यस शव दाह संत्कार गृह चित्ता स्थलको निर्माण कार्य शुरु गरिए सगै यस अघि दुइवटामात्रैको सङ्ख्यामा रहेको यस क्षेत्रमा शव दाहसत्कार स्थल चित्ताको सङ्ख्या थपिन लागेको हो । चित्ता स्थल थपिएपछि टाडाबाट दाह सत्कारका लागि आउने परिवारजन र मलामीलाई धेरै राहत मिल्ने कनकाई घाट समितिका अध्यक्ष प्रभाखर कड्रियाले बताउनुभयो । यस घाट लाई निर्माण कार्यका लागि कनकाई घाट समितिका सचिव सुर्य उप्रेतीको संयोजकत्वमा ५ सदस्यीय निर्माण समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा निर्माणकर्ता तिलरुपा खड्का , कनकाई नगरपालिका वार्डनम्बर ४ का वार्डअध्यक्ष तथा कनकाई नगरपालिकाका प्रवत्ता गोविन्द पौडेल , कनकाई उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा कनकाई घाट समितिका सदस्य युवराज संग्रौला र मेनुका मैनाली रहनुभएको छ । शिल्यान्यास कार्यक्रममा माड्वाडी सेवा समिति झापाका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुेले माड्वाडी सेवा समितिले समेत थप एउटा यस्तै प्रकारको घाट निर्माण गर्न लागेको जानकारी दिनुभयो । माड्वाडी समितिले समेत घाट निर्माण गर्दा यस क्षेत्रमा घाट चित्ता स्थलको सङ्ख्या चारवटा पुग्ने छ ।
कार्यक्रममा समाजसेवी गोपालकुमार बस्नेत , घाट निर्माणकर्ता परिवारका तर्फबाट धर्म खड्का , पंण्डित छन्दुराम भण्डारी , कनकाई घाट निर्माण समितिका सदस्य युवराज संग्रौला लगायातले मानिसले मृत्यु संत्कारमा भैरहेको समस्या केहिहदसम्म हल हुने विश्वास व्यक्त गर्नुभयो । निर्माण समितिले यस क्षेत्रमा निर्माणाधिन घाट अवका ३ महिनाभित्रमा संचालनमा ल्याउने बताएको छ भने कनकाई नगरपालिकाले समेत घाट स्थलमा थप टठबन्ध गरिदिने जनाएको छ ।
Trending
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम