कनकाई अनलाईन
नेपाल आइडल सिजन दुइको मुख्य दावेदारका रुपमा हेरिएका झापाली गायक सुमित पाठकको गायन यात्रा दिनानुदिन बढिरहेको छ ।
सुमित नेपाल आइडलको उपाधिका नजिक आउनेक्रममा टप १० बाट क्रमश टप ८ भित्र प्रवेश गरेका छन । उनले एकपछि अर्का प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट गायकी र दर्शक भोटका आधारमा गत बिहिबारको शो बाट उत्कृष्ट ८ भित्र पर्न सफल बनेका हुन । उनले यस हप्ता चर्चित गजल गायक गुलाम अलीको के छर दिउ तिमीलाई मैले बोलको कालजयी गित सुनाएका थिए । उक्त गित सुनेपछि अतिथि निर्णायकका रुपमा रहेका चर्चित संगितकार सम्भुजित बास्कोटाले सुमितको गायकीको मात्रै तारिफ गरेनन उनलाई जन्म र संगित शिक्षा दिने बाबु धु्रब पाठक र आमाको समेत खुलेर प्रशसां गरे ।
यता सुमित पाठकलाई नेपाल आइडल बनाइछाड्ने अभियानमा हिडेको देश विदेशको टिमले समेत अव कम्तीमा गु्रपिङ्ग भोटिङ्ग सुरु गर्ने भएको छ । यसका लागि बैँक एकाउण्ट खोल्ने काम भएको सुमित पाठक जिताउ अभियानका अध्यक्ष तथा कनकाई उद्योग बाणिज्य संघझापाका अध्यक्ष कुमारमणि पोखरेलले बताउनुभयो ।
Trending
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु