कनकाई अनलाईन
झापाको सुरुङ्गामा युवा लक्षित १५ दिने निशुल्क कम्युटर र उद्घोषण सम्बन्धि तालिम सुरु भएको छ ।
श्री कृष्ण प्रणामी युवा परिषद नेपाल कनकाई नगरले आयोजना गरेको सो निशुल्क तालिमको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विशेष कार्यक्रमका विच विहिबार उद्घाटन गर्नुभयो ।
सुरुङ्गास्थित क्याम्ब्रिज आइटी कलेजमा भएको सो तालिम उद्घाटन कार्यक्रममा नगरप्रमुख पोखरेलले तालिमबाट अवको युग सुवाउदो नागरिक बन्न तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा युवा परिषदका पुर्व जिल्ला अध्यक्ष तथा पत्रकार अनिल ढुङ्गाना , कनकाई नगरपालिका ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया , कनकाई नगरपालिकाका प्रवक्ता तथा वार्डनम्बर ४ का वार्डअध्यक्ष गोविन्द पौडेल , युवा परिषदका युएईका संस्थापक अध्यक्ष घनश्याम नेपाल , झापा जिल्ला अध्यक्ष सुबास रिजाल तालिम संयोजक तथा पत्रकार डिल्लीराम घोर्साई लगायातका बक्ताले तालिमबाट सिकेका ज्ञानलाई व्यावहारमा लागु गर्न सहभागिलाई सुझाव दिनुभएको थियो ।
उदघाटन कार्यक्रम परिषदका सचिव केदार पाठकको सभापतित्व , विष्णु सिटौलाको स्वागत तथा आइटी कलेजका संचालक श्रीकृष्ण उप्रेतीको संचालनमा सम्पन्न भएको थियो । आगामि असोज १९ गतेसम्म संचालन हुने सो तालिममा कनकाई नगरपालिका क्षेत्रका ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिममा पत्रकार डिल्लीराम घोर्साई , कम्युटर प्रशिक्षक श्रीकृष्ण उप्रेती लगायातले सहजिकरण गर्दै हुनुहुन्छ ।
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा