कनकाई अनलाईन
कैदी बन्दी जीवनमा अपराध मुक्त सोच विकास गर्ने उद्देश्य राखेर झापा कारागारमा हिन्दु धर्म दर्शमा आधारित एक दिने वैदिक अनुष्ठान सम्पन्न गरिएको छ ।
बन्दी विकास पुस्तकालय झापा सुधार गृहको आयोजना तथा वैदिक समाज झापाको संयोजनमा झापा कारागारमा चित्त शुद्धि अनुष्ठान सम्पन्न गरिएको हो ।
आर्य समाज झापाका पुरोहित महेन्द्रप्रसाद गौतमको नेतृत्वमा सम्पन्न अनुष्ठानमा सनातन हिन्दु परम्परा तथा आर्य सभ्यता अनुसार वैदिक यज्ञ सम्पन्न गरिएको थियो । वैदिक समाज झापाका अध्यक्ष डाक्टर द्रोणकुमार पौडेल, सल्लाहकार संयोजक उद्धवप्रसाद पराजुलीले संयोजन गरेको अनुष्ठानमा बन्दी विकास पुस्तकालयका अध्यक्ष तथा बन्दी गृहका आन्तरिक प्रशासन प्रमुख मोहनप्रसाद धिताल, सचिव युवराज गिरी सदस्यहरु पारश देव, नन्द किशोर थेवेले लगायत १२ जनाले अनुष्ठानको यजमानको भूमिका निभाएका थिए भने सयौं कैदी बन्दीले लाभ लिन सफल भए ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा