कनकाई अनलाईन
अत्याधिक गर्मी छल्न कनकाई माइमा पौडी खेल्न गएका एक युवाको आज डुबेर मृत्यु भएको छ ।
दिउसो साढे १ बजे पौडी खेल्ने क्रममा कनकाई नगरपालिका १ का २५ बर्षिय आशिस पोखरेलको कनकाई नगरपालिका २ धनुषकोटीधाम क्षेत्रको कनकाई माई नदिमा पौडी खेल्ने क्रममा पानीमा डुबेर घाइते बनेको र उपचारका क्रममा मृत्यु भएको हो ।
आफ्ना ४ साथीहरुका साथमा पौडी खेल्न गएका पोखरेललाई खोलाले बगाएको देखेपछि साथीहरुले खोलाबाट निकालेर उपचारका लागि सुरुङ्गास्थित मेरिगोल्ड हस्पिटलमा ल्याएका थिए । उपचारकै क्रममा उहाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । झापामा हाल अत्याधिक गर्मी बढेपछि झापामा रहेका नदिहरुमा हाल पौडी खेल्नेको भीड बढेको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा