कनकाई अनआईन
विर्तामोड । झापाका विधार्थी नेतृले यौनहिंसा,बलात्कार विरुद्ध स्थानीय तहमा ध्यानाकर्षण गराएका छन् । अनेरास्ववियु र युवा संघको महिला विभागले आइतवार जिल्लाको ४ वटा स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियु केन्द्रीय सदस्य निता घतानीले जानकारी दिइन् ।
बढ्दै गएको यौनहिंसा विरुद्ध सचेतना जगाउने उदेश्यले ध्यानाकर्षण पत्र बुझाइएको उनको भनाई छ । दुई संगठनको महिला विभागले अर्जुनधारा,मेचीनगर,विर्तामोड र कनकाई नगरपालिकालाई पहिलो चरणमा ध्यानाकर्षण पत्र बुझाएको निर्मला आचार्य९निरु०ले जानकारी दिइन् ।
ध्यानाकर्षण गराउँदै यौनहिंसामा संलग्न दोषीलाई कारवाहीका लागि कडा कानुन निर्माण गर्न,अनुसन्धानलाई द्रुत प्रणाली अपनाउन,महिला हिंसामुक्त स्थानीय तह घोषणा गर्न र महिला हिंसा सुनुवाई डेक्स स्थापना गर्न माग गरिएको अनेरास्ववियु महिला विभाग प्रमुख तनुजा दुलालले बताइन् ।
अभियान्ताको ध्यानाकर्षण पत्र बुझ्दै अर्जुनधाराको उपप्रमुख कमला आचार्यले यौनहिंसामा संलग्न दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिने बताएकी छन् । उनले दोषीलाई सार्वजनिक गरेर कारवाहीको अभ्यासको थालनी गर्ने जानकारी दिइन् । अन्तराष्ट्रिय युवा दिवसमा जिल्लाका अगुवा युवा नेतृत्वले झापामा यौनहिंसा विरुद्ध अभियान सञ्चालन गरेर मनाएका छन् । यो अभियान जिल्लाको सबै स्थानीय तह पु¥याइने युवा संघ केन्द्रीय लेखा आयोग सदस्य अनिता कन्दङवाले बताइन् ।
Trending
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल