कनकाई अनलाईन
विद्युत प्राधिकरण सुरुङ्गाका प्रमुख बुद्धि धिमाललाई विना सुचना लगातार विजुली काटेको भन्दै ४ घण्टा तातो घाममा उभ्याएर सजाय दिएका छन ।
आज विहान ११ बजे विद्युत प्राधिकरण घेर्न पुगेका सयौ सर्वसाधरणलाई प्रहरीले विद्युत प्राधिकरणभित्र प्रवेश गर्नबाट रोकेपछि उनीहरुले विद्युत हाकिम सहित सबै कर्मचारीलाई कार्यकक्षबाट बाहिर घाममा निकालेर दिनभर तातो घाममा उभ्याएर सजाय दिएका हुन । उनीहरु एसिमा बस्छन हामी सर्बसाधरणलाई रातभर दिनभर लाईन जादा कस्तो हुन्छ भन्ने सवक सिकाउन हाकिमलाई तातो घाममा राखेका हौ , स्थानीयवाशी तथा आन्दोलनकारीमध्येका कवि प्रसाइले भन्नुभयो । गाउलेहरुले विजुली पटकपटक काट्नुको साटो बरु लोडसेडिङ गर्न समेत सुझाव दिएका छन ।
विद्युत प्राधिकरणमा जम्मा भएका सर्वसाधरणले विद्युत आर्पुति नियमित गर , विद्युत काट्नुपहिले पत्रपत्रिका अनलाईमा सुचना गर , लोडसेडिङ मुक्त गर , विद्युतका कारणले विग्रिएका उपकरणको क्षतिपुर्ति दे , विद्युत काउन्टर व्यावस्थित गर लगायातका नारा लगाउदै आक्रोसित भीड विद्युत प्राधिकरण पुगेको थियो । प्राधिकरण घेराउका लागि विहिबार विहानैदेखि सुरुङ्गा बजारमा माइकिङ्ग समेत गरिएको थियो । यसरी विद्युत प्राधिकरण घेराउको सुचना प्रकाशन गरेपछि विद्युत प्राधिकरण परिसरमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।
Trending
- इलाममा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु