लीलाराज झापाली
कनकाई । वित्तिय तथा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका विर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले झापाका विभिन्न संघ संस्था , विद्यालय , पत्रकार महासंघ र ट्राफिक प्रहरीलाई एक करोड रुपैँया बरावरको आर्थिक सहयोग गरेको छ ।
मेरो गाउँ मेरो लगानी कार्यक्रम अन्र्तगत साहारा नेपालले शुक्रबार कनकाई नगरपालिका सुरुङ्गामा आयोजित विशेष कार्यक्रममका विच सहारा नेपालका कार्याकारी निर्देशक महेन्द्र गिरीले जिल्ला ट्राफिक प्रहरीलाई १० लाख मुल्य बरावरको सवारीको स्पीड मापन यन्त्र राडर गन र मापासे चेक गर्ने बेथलाइजर मेशिन हस्तानतरण गर्नुभयो । सो यन्त्र जिल्ला प्रहरी प्रमुख एसपी विष्णुकुमार केसीलाई हस्तानतरण गर्नुभयो । यसैगरि पत्रकार महासंघ झापाद्धारा स्थापित सहारा पत्रकार उपचार कोषलाई थप २ लाख रुपैया हस्तानतरण गर्नुभयो । सहारा नेपालले अघिल्लो वर्ष यस कोषका लागि ५ लाख रुपैँया हस्तानतरण गर्नुभएको थियो । सो रकम नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले लिनुभएको थियो ।
यसैगरि झापाका विभिन्न चारपाने , लक्ष्मीपुर , दुर्गापुर र सुरुङ्गा चोकलाई स्माट चोक निर्माण गर्नका लागि १८ लाख रुपैँया , सैनिक मोडको सामुदायिक स्वास्थ्य भवनका लागि २ लाख रुपैँया , नेपाल रेडक्रस झापालाई विपत व्यावस्थापनका लागि गाडी खरिदका लागि ५ लाख रुपैया , बागेडाँगीमा कृषि सेवा केन्द्र स्थापनाका लागि १० लाख रुपैँया , दुधे खोला तटबन्धनका लागि भेटभर विरुवा रोप्नका लागि ५ लाख रुपैया , जामुनवारी सिमसार तथा पर्यटकिय संस्थामा कोशेली घर निर्माणका लागि ५ लाख रुपैया , विभिन्न १० सामुदायिक विद्यालयमा सहारा अक्षयकोषको स्थापनाका लागि प्रतिविद्यालय १ लाखका दरले १० लाख रुपैया , सताक्षी मौरी पालन केन्द्रलाई मह प्रशोधन मेशिन खरिदका लागि ५ लाख रुपैँया , चारपाने सामुदायिक भवन निर्माणका लागि ५ लाख रुपैँया लगायातका सहयोगहरु रहेका छन ।
सहयोग हस्तानतरण कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद एलपी साँबा लिम्बु , प्रदेशसभा सांसद हिराकुमार थापा , कांग्रेस नेता देउमान थेबे , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी लगायातले सहकारीले वित्तिय क्षेत्रको साथमा समाज सुधारका क्षेत्रमा समेत सम्भनलायक काम गरेको भन्दै सरकारी क्षेत्रसग समेत समन्वय गरि सहाराले विकास र समाजमा चेतनानिर्माणको काम गर्नुपर्नेमा जोड दिनुभयो ।
Trending
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते