राम निरौला
सुरुङ्गा,१७ फागुन ÷कनकाई खेलकुद प्रष्ठिानको आयोजनामा झापाको सुरुङ्गामा जिल्ला स्तरीय महिला फुटवल प्रतियोगिताको तेस्रो संस्करण विहिवारदेखी सुरु भएको छ ।
उद्घाटन समारोहका प्रमुख अतिथी प्रदेश सभा सदस्य हिराकुमार थापाले ३ वटा पानसमा दिप प्रज्वलन गरी खेलको उद्घाटन गरेका थिए । कनकाई माविको खेलमैदानमा सुरु प्रतियोगिताको पहिलो खेल आयोजक कनकाई खेलकुद प्रतिष्ठान र झापा युवा परिवार विच भएकोमा आयोजकले ६—२ को फराकिलो अन्तरले झापा युवा परिवारलाई पाखा लगाएको छ ।
आयोजकका तर्फवाट खेलको ६ मिनटमा निकिता तिम्सिनाले सुरुवाती गोल गरेर टिमलाई अघि वढाएकी थिइन् । त्यसपछि आयोजकका तर्फवाट निर्मला राईले लगातार ५ गोल गरेर टिमलाई अग्रता दिलाएकी थिइन् । खेलको म्यान अफ द म्याच निर्मला राई घोषित भएकी छन् । पहिलो दिनको म्यान अफ द म्याचको नगद रु।१ हजार स्थानिय लिला प्रसाईँ संग्रौलाले प्रायोजन गरेकी थिइन् । झापा जिल्लाका ८ वटा महिला टिमले प्रतियोगितामा सहभागिता जनाउँने भएका छन् । सुक्रवारको खेल जुनतारा महिला फुटवल टिम र बाह्रदशी महिला फुटवल टिम विच हुने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योती उप्रेतीले वताएका छन् ।
अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते समापन हुने प्रतियोगिताको पहिलो पुरस्कार नगद रु।५५ हजार, ट्रफी र प्रमाण पत्र, दोस्रो पुरस्कार नगद रु।३५ हजार, ट्रफी र प्रमाण पत्र रहेको खेल संयोजक राजेन्द्र उप्रेतीले वताएका छन् । प्रत्येक दिनको म्यान अफ द म्याच नगद रु १ हजार रहने वताइएको छ ।
प्रतिष्ठानका उपाध्यक्ष झलक सिटौलाको सभापतित्व रहेको कार्यक्रममा जिल्ला समन्वय समिती झापाका अध्यक्ष सोम पोर्तेल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, झापा जिल्ल फुटवल संघका अध्यक्ष भगीरथ आलेमगर, जिल्ला खेलकुद समिति झापाका अध्यक्ष शंकर थापा, कनकाई मावि व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेती लगायतले मन्तव्य राखेका थिए । खेल संयोजक राजेन्द्र उप्रेतीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको उद्घाटन समारोहको संचालन प्रतिष्ठानका सचिव दिननाथ खतिवडाले गरेका थिए ।
कनकाईमा महिला फुटवल सुरु आयोजकको फराकिलो जित
Having not yet visited Sector 10, follow these steps for a free upgrade.