कनकाई अनलाईन
भद्रपुर । स्थानीय एक निजी विद्यालयका विद्यार्थीले भद्रपुर नगरलाई धूम्रपान, मद्यपान, सूर्तीपानमुक्त नगर बनाउन माग गरेका छन् ।
भद्रपुर–६ स्थित ब्राइट स्टार इङलिश बोर्डिङ स्कूलका विद्यार्थीले स्थानीय कानुन बनाई धुम्रपा, मद्यपान, सूर्तीजन्य तथा लागु पदार्थ मुक्त क्षेत्र घोषणा गरी विकृतिमुक्त भद्रपुर नगर बनाउन अपिल गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।बुधबार विभिन्न भेतनामूलक प्लेकार्ड हातमा बोकी विद्यालयबाट र्यालीसहित नगरपालिका पुगेका साना–साना विद्यार्थीले नगरप्रमुख जीवनकुमार श्रेष्ठलाई ज्ञापन बुझाएका हुन् ।
ज्ञापनपत्रमा ‘विद्यालय क्षेत्रवरपर मदिरा तथा सूर्तीजन्य पदार्थ एवम् लागू पदार्थ बिक्री–वितरणमा पूर्ण रोक लगाइयोस्, मदिरा तथा सूर्तीजन्य पदार्थ एवम् लागुपदार्थ बिक्री–वितरण तथा ओसार–पसारमा बालबालिकाको प्रयोग गर्नेलाई कडा कानुनी कारवाही गरियोस्, सार्वजनिक स्थानमा मदिरा, सूर्तीजन्य पदार्थ तथा लागुपदार्थ सेवन गर्नेलाई कानुनी कारवाही गरियोस्, खुला सीमाको फाइदा उठाउँदै मदिरा, सूर्तीजन्य तथा लागु पदार्थको ओसार–पसार नियन्त्रण गर्न सशक्त संयन्त्र निर्माण गरी परिचालन गरियोस्’ भन्नेलगायतका माग उल्लेख छ ।
ज्ञापनपत्र ग्रहण गर्दै नगर प्रमुख श्रेष्ठले विद्यार्थीको यस कामको सराहना गरे । उनले सबैखाले विकृतिको भण्डाफोर गर्न तम्सिएका ती विद्यार्थीलाई धन्यवाद दिँदै आफू माग पूरा गर्न अग्रसर रहने बताए ।
उनले भद्रपुरलाई बालमैत्री स्थानीय शासनयुक्त नगर बनाउन नगरपालिका जुटिरहेको बेला विद्यार्थीको यो कदमले थप बल मिलेको बताए । नगरका हरेक योजना, क्रियाकलापमा बालबालिकाको अर्थपूर्ण सहभागिता रहने गरी बालमैत्री कार्ययोजनाहरु अघि बढाइएको पनि नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।
धूम्रपान, मद्यपान, सूर्तीपानविरुद्ध विद्यार्थी, भद्रपुरका मेयरलाई ज्ञापन
Having not yet visited Sector 10, follow these steps for a free upgrade.