कनकाई अनलाईन
सुरुङ्गा । झापाको कनकाई नगरपालिका जिल्लाकै पहिलो दिसामुक्त नगर बनेको छ ,पर्यटकिय नगरका रुपमा अगाडि वढिरहेको यस नगरपालिकाले वातावरण र मानविय स्वास्थसग सम्बन्धित खुल्ला दिसामुक्त घोषणाको कार्यक्रमले नगरको पर्यटकिय गतिविधिमा समेत थप मद्धत पुग्ने नगरवाशीको ठम्याई छ ।
झापा जिल्लालाई खुल्ला दिसामुक्त बनाउनका लागि सहयोग गर्दै आइरहेको युएन ह्याविटेड नेपालका कार्यक्रम प्रमुख तथा संचारकर्मी विनोद शर्माले कनकाई नगरपालिकाका ९ हजार २ सय ७३ घरधुरीमा निम्नत्तम मापदण्डको सौचालय निर्माण भएकोले खुल्ला दिसामुक्त नगरपालिका घोषणा गर्न लागिएको बताउँनुभयो ।
शर्माका अनुसार यस आर्थिक वर्षमा मात्रै कनकाई नगरपालिकाले १४९३ घरधुरीमा मापदण्डअनुसारको सौचालय निर्माण गरेकोमा । गत असार १४ गतेको स्थानिय तहको निर्वाचनपछिको ७ महिनाको अवधिमामात्रै बाकी १ हजार घरधुरीमा यस प्रकारको सौचालय निर्माण गरिएको हो ।
नगरपालिकाका प्रमुख उपप्रमुख , वाडअध्यक्ष र सदस्यहरुको सक्रिय पहलमा कनकाई नगर खुल्ला दिसामुक्त बनेको शर्माले बताउनुभयो । उहाले झापाका अन्य क्षेत्रमा समेत सम्बनिधत जनप्रतिनिधिको सक्रियतामै असार मसान्तभित्र सिङ्गो झापालाई खुल्ला दिसामुक्त बनाइने बताउनुभयो । कनकाई नगरपालिकाले अन्य नगर तथा गाउपालिकाको अभियानमा समेत थप हौसला पुग्ने शर्माको भनाइ छ ।
Trending
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव