कनकाई अनलाईन
विर्तामोड । अनेरास्ववियु झापामा नयाँ नेतृत्व चयन भएको छ । क्याम्पस र भूगोल जिल्ला कमिटीको सम्मेलनबाट क्याम्पस कमिटीको जिल्ला अध्यक्षमा मनोज ताम्ली लिम्वू निर्वाचित भएका छन् ।
उपाध्यक्षमा रोशन भण्डारी,सचिव राजेश कार्की ,सहसचिव कमल पौडेल,नविन राई , टेरिसा ओली र कोषाध्यक्षमा गंगा प्रसाई चयन भएका छन् । ३३ सदस्यीय कमिटीमा साम्नीहाङमा योङहाङ,अस्मिता विक,निरज थापा,सन्तोष भट्टराई , अनिल सुवेदी लगायत रहेका छन् ।
यसैगरी भूगोल जिल्ला कमिटीको अध्यक्षमा दुर्गा धमला निर्वाचित भएका छन् । उपाध्यक्षमा समर्पण खतिवडा,सचिव रोशन लामा,सहसचिवमा योगराज आचार्य,उमेश आचार्य , तनुजा दुलाल, कोषाध्यक्ष सागर लिम्वू चयन भएका छन् । सदस्यहरुमा उमेश मिश्र,सरोज सत्याल,समिर न्यौपाने,मुकेश त्रिताल,मदन गुरुङ लगायत रहेका छन् । क्याम्पस कमिटीको पाँचौ र भूगोल कमिटीको १९ औं जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको नवनिर्वाचित सचिव रोशन लामाले जानकारी दिए ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा