कनकाई अनलाईन
सुरुङ्गा , माघ २० गते । २०६५ सालसम्म झापाको जामुनवारी सामुदायिक वन उपभोक्ता समुहको वार्षिक बजेट मुस्किलले ३० लाख हुने गर्दथियो । सामुदायिक वन समुहको मुख्य काम भनेकै विरुवा रोप्नु घेराबारा लगाउने र जंगलबाट काठ संकलन गरी उपभोक्तालाई बिक्री गर्नु रहेको थियो ।
तर आज यस समितिको नाम फेरिएर जामुनवारी सामुदायिक वन उपभोक्ता समुह तथा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्र बनेको छ । यस वन समुहभित्र ३४ हेक्टर क्षेत्रमा रहेको सिमसार क्षेत्रलाई खनेर वोटिङ्ग चलाउन थालेपछि हाल यस वन क्षेत्रमा घुम्नका लागि दिनमै १० हजार सम्म मानिसहरु आउनेगरेका छन । हाल यस सामुदायिक वन समुहको आर्थिक वर्ष २०७४÷७५ का लागि २ करोड ६० लाख रुपैँया बरावबरको बजेट बनाएको छ । वन समुहका पुर्व अध्यक्ष तथा कनकाई नगरपालिका वार्डनम्बर २ का वडाअध्यक्ष पर्शुराम गिरी वन समुहले सो पोखरी खनेको वर्षदेखि हालसम्म निरन्तर कम्तीमा पनि २ करोड भन्दा कम रकमको कहिल्यैपनि वजेट नबनेको स्मरण गर्नुहुन्छ । अघिल्लो सालमात्रै सो वनसमुहले २ करोड ९५ लाख रुपैँयाको बजेट बनाएको गिरी बताउँनुहुन्छ । जम्मा वजेटमध्ये आधाभन्दा वढी रकम भनेकै वन समुहभित्र घुम्न र सिमसार क्षेत्रमा बोटिङ्ग चलाउन आउने पर्यटकले तिरेको रमकबाट संकलित रकम भएको जामुनखाडी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ख्याम सिटौलाले बताउँनुभयो । वोटिङ्ग र वालवालिकालाई मनोरन्जनात्मक खेल तमाशाका सामाग्रीहरु बाहेक वन समुहभित्र मृगस्थली र विभिन्न जंगलीजनावारलाई संरक्षण गरेर राखिएको छ । २२ प्रकारका जनावार र सो भन्दा वढी प्रजातिका चराचुरुङ्गी र अजिंगरलाई समेत वन समुहमा संरक्षण गरिराखिएको वन समुहकी सचिव मनिता राइले बताउँनुभयो ।
सुरुमा ४ वषर््सम्म यस क्षेत्रका उपभोक्ताले ६५०० जनाले निशुल्क श्रमदान गरी माछा पालनका लागि पुरानो सिमसार क्षेत्रलाई खनेर सरसफाई गरिएको यस क्षेत्र हालमा हाल आएर पुर्वकै उत्कृष्ट सिमसार क्षेत्र बनेको छ । हाल जामुनखाडी सिमसार क्षेत्रकै अनुशरण गर्दै झापामा १७ वटा सामुदायिक वन उपभोक्ता समुहले आफ्नो वन क्षेत्रमा रहेको सिमसार क्षेत्रलाई पुर्नमर्मत गरी हाल आन्तरिक पर्यटकहरुका लागि वनभोजस्थलका रुपमा विकास गर्दै लगेको सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष बेदराज भण्डारीले बताउँनुभयो । जसमा कालिका सामुदायिक वन , वाँसवारी , हातेमालो , नमुना , जुकेखाडी , रानी लगायातका सामुदायिक वन उपभोक्ता समुहले सिमसार क्षेत्रमै बोटिङ्ग संचालन र माछा पालन गरेरै मनग्गे आम्दामी समेत गरिरहेको अध्यक्ष भण्डारीले बताउँनुभयो । जसमध्ये झापामा रहेको जामुनवारी सामुदायिक वन उपभोक्ता समुहले आफ्नो विधानमै घाइते वन्यजन्तुको संरक्षण र सिमसार र पर्यापर्यटनको संरक्षण गर्ने उद्धेश्य समेत राखेको वन समुहका अध्यक्ष ख्याम सिटौलाले बताउँनुभयो ।
यसैविच विश्व सिमसार दिवश समेत शुक्रबार जामुनवारी सामुदायिक वन उपभोक्ता समुहमा विविध कार्यक्रमका विच मनाइएको छ । यस दिवशलाई जिल्लामा साताव्यापी मनाइने निर्णय गरिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत एकराज दाहालले बताउनुभयो । जामुनवारी सामुदायिक वनमा सुरु गरिएको साताव्यापी सिमसार दिवशको उदघाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नुभएको थियो ।
विश्व सिमसार दिवशको उद्घाटनको दृश्य
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ