कनकाई अनलाईन । निर्माण कार्य सुरु भएको आठ वर्ष पूरा हुन लाग्दा पनि बहुप्रतिक्षित मेची पूलको निर्मण कार्य सम्पन्न भएर पुल तर्ने भद्रपुरबासीको सपना साकार हुन सकेको छैन । झापाको सदरमुकाम भद्रपुरलाई भारतको विहार र बंगाल राज्यको सिमा नजिक रहेको गलगलिया नाकासंँग जोड्ने यो पुलको निर्माण कार्य २०६६ माघ २१ गतेबाट सुरु भएको हो । आठ वर्ष हाराहारीको समय वितिसक्दा पनि पुल निर्माणाधिन अवस्थामा नै रही रहेको वर्तमानमा यस वर्षको अन्त्यसम्ममा पुल तर्न पाइन्छ कि भन्ने भद्रपुरका नागरिकमा आशा पलाएको छ । तीन वर्षमा निर्माण पूरा गर्ने गरी सुरु भएको पुल निर्माण कार्य थप पाँच वर्ष व्यतित हुन लागे पनि विभिन्न बाहानावाजीमा अलमल भएर निर्माण कार्य सम्पन्न हुन सकेको छैन । यस पुलले नेपाललाई बंगलादेशसँंग जोड्ने नाकाका रपमा पनि छोटो दुरीमा समेत योगदान पुर्याउने छ । पाँच सय साठी मिटर लम्बाइ तथा दश मिटर चौडाइ रहेको यो पुलको १७ वटा पिलर रहेका छन् ।
जस मध्ये १५ वटा पिलरका सवै काम पूरा भए पनि दुई वटा पिलरको काम प्राविधिक त्रुटीका कारण विगतमा रोकिन पुग्दा अहिलेसम्म पुल निर्माण सम्पन्न हुन नसकेको निर्माण कम्पनीको दावी छ । कम्पनीका फिल्ड इञ्जिनियरले दिएको जानकारी अनुसार २ महिना भित्र पुलको निर्माण कार्य सम्पन्न हुने छ । निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गर्न दुई महिना पनि नलाग्ने बताए पनि पूर्वपट्टि भारत सरकारले जोडिदिनु पर्ने लिङ्क रोड र पश्चिमपट्टि नेपाल सरकारले जोड्नु पर्ने लिङ्क रोडको काम थालनी नै भएको छैन । हुलाकी सडक परियोजना अन्र्तगत भारतसँंग जोड्ने पहिलो पुलका रुपमा निर्माण आरम्भ भएको यस पुलको एक नम्बर पिलर पश्चिमका बस्ती हटाएर सडक निर्माणको काम पूरा गर्न २४ घरधुरी हटाउनु पर्ने छ ।
१० करोड रुपैया क्षतिपूर्ति तिर्न रकम निकासा भए ३ महिना भित्र सडक तयार हुने हुलाकी सडक परियोजनाले जनाएको छ । सडक निर्माणको काम सम्पन्न नभएसम्म पुल सञ्चालन हुन नसक्ने स्थानीय बासिन्दाको भनाई छ । उद्योग संघ झापाका अध्यक्ष टिकाराज ढकालका अनुसार भद्रपुर लगायत दक्षिण झापाको आर्थिक सम्बृद्धिका लागि मेची पुल कोशेढुंगा बन्ने छ । जसको सञ्चालनको वातावरण तुरुन्त निर्माण हुनु जरुरी छ । तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छेदारले तीन वर्ष भित्र पुल निर्माण सम्पन्न गराएरै छोड्ने प्रतिबद्धताका साथ २०६६ मा सुरु गराएको पुल निर्माण कम्पनी र सरकारको जुहारीको कारण काम ढिलो भइरहेको बुझाइ स्थानीयको छ । यस वर्षबाट पुल सञ्चालन गर्ने हो भने नेपाल तथा भारततिरको सडकको काम अविलम्ब थालनी हुनु पर्छ तर सडकको काम सुरु हुन नसक्नु अनि पुल निर्माण पनि सुस्त गतिमा चल्नुले यस वर्ष पनि पुल सञ्चालन हुने हो कि होइन ? प्रश्न उठेको छ । प्राविधिक समस्या देखिएका १० र ११ नम्वर पिलरको काम त चालु भयो तर सडकको निर्माण कार्य सुरु नहुनुले पुल सञ्चालनको समयावधीमा भने स्थानीयले संका गर्ने अवस्था हटिसकेको छैन । यो अन्यौल हटाउन नयाँ बन्ने सरकारको विकासप्रतिको जिम्मेवारीमा भर पर्ने निश्चित भएको छ । पुल निर्माणका लागि दक्षीण झापाबासीले वि सं २००९ सालदेखि संघर्ष गर्दै आइरहेका छन् ।
पाँच दशकपछि ३७ करोड ३६ लाख ५० हजार लागतमा निर्माण आरम्भ भएको यो पुलको निर्माण पुरा हुने अवस्था आएसंँगै पूर्व पश्चिम जोड्ने हुलाकी मार्गको पूर्वी ट्र्याक खुल्ने आधारमा आशा पलाएको छ । निर्माण कम्पनिले काम द्रुत गतिमा भइरहेको दावी गरे पनि स्थलगत रुपमा हेर्दा काममा भइरहेको ढिलासुस्तीले गर्दा समयमा काम पुरा हुनेमा शंकाको अबस्था रहेको स्थानीयवासीहरुको भनाइ छ । विगतबाटै सुस्त रुपमा काम गर्दै आएको मेची पुल निर्माण कम्पनी र सरकारलाई सरोकारवाला नागरिकले चेप्न नसक्दा सदरमुकाम बासीको सपनाका रुपमा रहेको यो पुल निर्माण पूराको साकार स्वरुप कहिले देखिने ? भन्ने प्रश्न उठीरहेको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा