कनकाई अनलाइन । फर्निचर उद्योगमा देशमै ख्याती कमाएको कनकाई–सुरुङ्गा क्षेत्रभित्रका फर्निचर उद्यमी तथा व्यवसायीहरु संगठित बनेका छन ।
आज सुरुङ्गामा भएको व्यवसायीहरुको वृहत भेलाले कनकाई फर्निचर तथा फर्निसिङ व्यवसायी कमिटी गठन गरिएको हो ।
फर्निचर व्यवसायी सुवास पाठकको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको बरिष्ठ उपाध्यक्षमा दिपेन्द्र थपलिया, उपाध्यक्षमा ओमनाथ तिवारी, सचिवमा विजय कुमार शर्मा, सहसचिवमा युवराज खरेल, कोषाध्यक्षमा कुमार श्रेष्ठ रहनुभएको छ भने सदस्यहरुमा नारायण भेटुवाल, होमनाथ भण्डारी, सिंहलाल चौधरी, रुद्र मगर र राजेश थापा रहनुभएको छ ।
जिल्ला फर्निचर व्यवसायी संघका सहसचिव गोविन्दप्रसाद. सिटौलाको सभापतित्वमा यस क्षेत्रका फर्निचर व्यवसायीको उपस्थितीमा समिती गठन गरिएको हो ।
समितीले आगामी दिनमा कनकाई नगरभित्र छरिएर रहेका अन्य व्यवसायीहरुलाई समेत समितीमा आवद्ध गर्दै लैजाने अध्यक्ष सुवास पाठकले बताउनुभयो । कनकाइ नगर क्षेत्रभित्र साना ठुला गरी १ सय बढी फर्निचर व्यवसायीहरु रहेका छन ।
समितीले फर्निचर व्यवसायीभित्र आउन सक्ने समस्याहरु, फर्निचर मजदुरहरुका समस्या, काठ उपलव्धता लगायतका बिषयमा काम गर्ने संघका उपाध्यक्ष ओमनाथ तिवारीले बताउनुभयो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा