कनकाई अनलाईन
पार्टीको अत्यासित हारपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा गाउँपालिकामा जिम्मेवार कार्यसमितिका पदाधिकारी नेताहरुले धमाधम राजीनामा दिन थालेका छन ।
पार्टीको क्षेत्रनम्बर ४ का क्षेत्रिय सचिव रुपनारायण बजगाईँ सहित आधा दर्जन नेताले आज राप्रप्रा झापा गाउँपालिकामार्फत राजीनामा दिएका हुन ।
यसरी राजीनामा दिनेमा राप्रप्राका झापा गाउँपालिकाका वर्तमान सचिव तथा गत स्थानीइ निर्वाचनमा राप्रपाबाट वार्ड नम्बर ६ बाट वार्डअध्यक्ष उठेर कांग्रेस , माओवादी केन्द्रका उम्मेद्धार भन्दा वढी मत ल्याएर दोस्रो हुने लोकप्रिय युवा नेता भवेन्द्र भण्डारी , झापा गाउँपालिका सदस्य तथा चर्चित राष्ट्रिय कलाकार दिपेश प्रसाई , गाप सदस्य द्रोण बहादुर पौडेल र खगेन्द्र सेलुवाल रहनुभएको छ ।
उहाँहरुले आजै राप्रपा झापा गाउँपालिका अध्यक्ष शहरमान कटुवालसमक्ष राजीनामा बुझाएका हुन । उनीहरुले राप्रपाको नेतृत्वको कमजोरीले निर्वाचनमा लज्जाजनक स्थान आएको पार्टी टुटफुटमा परेको लगायातका आरोप लगाउँदै स्वतन्त्र जिवन यापन गर्ने उल्लेख छ ।
Trending
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन