कनकाई अनलाईन
काँकडभिट्टा , मंसिर ८ गते । काकडभिट्टामा जारी तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकपमा घरेलु टिम रमपम झापा ११ सुदुरपश्चिम ११ सग ट्राईब्रेकरमा पराजित हुनपुगेको छ । निर्धारित खेल २—२ मा सकिएपछि खेलको निर्णय सोझै पेलान्टी सुट आउटबाट गरिएको थियो । जसमा झापा ११ लाई सुदुरपश्चिमले ५—४ गोल अन्तरले पराजित गर्नपुगेको हो । यो जितसगै सुदुरपश्चिमले अर्को वलियो टिम आर्मीसगको भेट पक्का गरेको हो ।
खेलमा दोस्रो हाफको शुक्रवारको खेलमा खेलको दोस्रो हाफको १२ औ मिनेटमा सुदुरपश्चिमका राकेश हमालको फ्रि किकमा विशुन गुरुङ्गले सुन्दर गोल गदै खेललाई १—० मा ल्याउनुभएको थियो । त्यसपछि दोस्रो हाफकै २३ औ मिनेटमा झापाका कर्ण लिम्बुको पासमा विदेशी खेलाडी सेगुनले गोलगर्दै खेल वरावरीमा ल्याउनुभयो । त्यसपछि खेल थप आक्रमक बन्यो खेल सकिन ४ मिनेटवाकी हुदा सुुदुर पश्चिमका चेतन थारुको फ्रिकिकमा चेतन थारुले पुन गोल गर्दै लगभव जितको निश्चित गर्नुभएको थियो तर इन्जुरी टाइममा झापाका विशाल राईको रिवाउण्ड वलमा अर्का खेलाडी मार्टिनले गोल गर्दै खेल वरावरीमा ल्याउनुभयो ।
सुदुर पश्चिमका नरेन्द्र चौधरी , राकेश हमाल , चेतन थारु , विनोद केसी र फिलिप तामाङ्गले गोल गर्नुभएको थियो । झापा ११ का लागि योगेस गुरुङ्ग , दिलेन लोक्क्ताम , सुमिन मैनाली र छिरिङ्ग गुरुङ्गले गोल गर्दा नरेन्द्र लिम्बुको प्रहार सुदुर पश्चिमका गोलरक्ष अनन्त शेखले बचाउनुभएको थियो । प्रतियोगिताको म्यान अफ द म्याच विजयी टिमका अनन्त शेख हुनुभयो । उहाँले नगद १० हजार पाउनुभयो । शनिवारको खेल मनाङ र रुपन्देहि ११ विच हुदैछ ।
Trending
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी