विर्तामोड ,समाचारदाता
विर्तामोड असोज २९ गते । भारतीय मोटर्स कम्पनी अशोक लेलैण्ड गाडीको मेची अंचलका लागि विर्तामोडमा शोरुम र वर्कशवको आधिकारिक विक्री केन्द्र सुरु भएको छ ।
नेपालका लागि आइएमई मोटर्स प्रालिले विक्री वितरण गर्दै आएको सो कम्पनीको मेची अंचलका लागि भने सहारा अटोमोवाइल्सले आधिकारिक विक्री सुरु गरेको हो । कम्पनीका वजार प्रमुख तनमन्य मित्तल तथा आइएमई ग्रुप नेपालका कार्यकारी प्रमुख कपिल शिवाकोटी लगायातले विर्तामोडको शाखाको औपचारिक उदघाटन गर्नुभएको हो ।
सोही अवशरमा कम्पनीका गाडीहरु खरिद गर्नेहरुलाई चावी हस्तानतरण गरिएको थियो । कार्यक्रममा कम्पनीका मित्तलले नेपालका १७ स्थानमा कम्पनीको साखा खोलीसकिएको तथा अवको २ वर्षभित्र ३० वटा साखा पुर्याउने वताउँनु भयो । कम्पनीका उत्पादनहरु विभिन्न वस , छोटाहत्ती , ट्रिपर , लगायातका सवारीहरु राखिएका छन ।
कार्यक्रममा सहारा ग्रुपका अध्यक्ष महेन्द्रकुमार गिरीले समुहले कमाएको रकमबाट १० प्रतिशत सामाजिक क्षेत्रमा खर्चिने वताउँनुभयो । उदघाटन कार्यक्रममा पुर्वसांसद केदार संजेल , उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य उमेश डालमिया , विर्तामोड अध्यक्ष कुमार भट्टराई लगायातले मन्तव्य राख्नुभएको थियो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा