। सुरुङ्गामा जारी दोस्रो झापा जिल्ला स्तरीय नगरपालिकाको कनकाई कप फुटवल प्रतियोगिताको सोमवार हिजो भएको खेलमा मेचीनगरपालिका विजयी भएको छ ।
मेचीनगरले गौरादह नगरपालिकालाई ४—१ गोल अन्तरको फराकिलो जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो । मेचीनगरका तर्फबाट क्रमश मिलन राई , दिवश उराउ , सुनिल मगर र शन्देश खवासले खेलको ३९ , ५३ , ५६ र ६६ मिनेटमा आफनो टिमका लागि १÷१ गोल गरे । राईले भने पेलान्टीबाट गोल गरेका हुन । गौरादहका लागि पहिलो गोल खेलको ३१ औँ मिनेटमा असोक अवेगुले गरेका थिए ।
पहिलो हाफ गौरादह नगरपालिका १ गोलले अगाडि रहेको अवस्थालाई उल्टाउदै मेचीनगरले फराकिलो जित निकालेको हो । आज सोमबारको खेलको म्यान अफ द म्याच विजयी टिमका सुनिल मगर बने उनलाई स्थानीय समाजसेवी ख्याम पाठकले नगद २ हजार प्रदान गरे । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा सुरुङ्गामा जारी फुटवलको प्रथम र दोस्रो हुने टिमले नगद १ लाख ५ हजार र ५५ हजार पाउने छन । प्रतियोगितामा झापाका ८ नगरपालिकाका टिमको सहभागिता रहेको छ ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ