कनकाई मेयरकप दमक ३—१ ले विजयी
कनकाई अनलाईन
सुरुङ्गा , असोज १ गते । झापाको सुरुङ्गामा जारी दोस्रो नगरपालिकास्तरीय कनकाई कप फुटवल प्रतियोगितामा आजको खेलमा पुर्व विजेता दमक नगरपालिका विजयी भएको छ ।
भद्रपुर नगरपालिकाको टिमलाई ३ —१ गोल अन्तरले पाखाँ लगाउँदै दमक नगरपालिकाको टिम विजयी भएको हो । दमकको तर्फवाट खेलसुरु भएको ४ मिनेटमै सम्भु राइले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने दमककैतर्फ बाट ३२ र ४५ मिनेटमा क्रमश निशान राई र प्रविन राईले समेत थप १÷१ गोल गरे । भद्रपुर नगरपालिकाको तर्फबाट एकमात्र सान्तना गोल खेलको २४ औ मिनेटमा गरे । आइतवारको खेलको म्यान अफ द म्याच विजयी टिमका अशोक जवेगु भए उनलाई स्थानीय समाजसवी देवराज ओलीले नगद २ हजार रुपैँया प्रदान गरे । भोली सोमवारको तेस्रो खेल मेचीनगर नगरपालिका र गौरादह नगरपालिकाविच हुने खेल सयोजक राजेन्द्र उप्रेतीले बताए । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा कनकाई माविको खेल मैदानमा जारी फुटवल प्रतियोगताको विजयी तथा उपविजयी टिमलाई नगद १ लाख ५ हजार तथा ५५ हजार पुरस्कार पाउने छन ।
Trending
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता