कनकाई अनलाईन ।
कनकाई माविको खेल मैदानमा आज शनिवार दिउसो ३ बजेदेखि दोस्रो झापा जिल्लास्तरीय नगर कप कनकाई कप फुटबल शुरु हुदैँ छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा शरु हुने प्रतियोगिताको प्रथम खेल आज आयोजक कनकाई खेलकुद प्रतिष्ठान कासा अर्थात कनकाई नगरपालिका र शनिअर्जुन नगरपालिकाका विच हुने खेल संयोजक राजेन्द्र उप्रेतीले बताउँनुभयो ।
७ गतेसम्म चल्ने यस प्रतियोगितामा झापाका ८ नगरपालिकाका टिमहरुको सहभागिता रहेको प्रचार विभाग सदस्य गोविन्द सुवेदीले वताउँनुभयो । प्रतियोगिगताको पुरस्कार राशि समेत यसवर्षदेखि बृद्धि गरिएको छ । प्रथम पुरस्कार १ लाख ५ हजार र द्धितिय पुरस्कार ५५ हजार बनाइएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजना र कनकाई नगरपालिकाको प्रबद्धनमा अघिल्लो वर्षदेखि यस प्रतियोगिताले निरन्तरता पाएको हो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ