कनकाई अनलाईन ।
बुधबारे जेसीजले जेसीज सप्ताह अन्तर्गत बुधबारे बजारमा आइतबार आयोजना गरेको स्लो मोटरसाइकल रेस प्रतियोगितामा बुद्धशान्ति १ का खिरानन्द चौधरी प्रथम भएका छन् ।
बुधबारे जेसीजका निवर्तमान तथा कार्यवहाक अध्यक्ष जेसी सेमन्त पोखरेलको सभापतित्व, वरिष्ठ उपाध्यक्ष जेसी चन्द्र कटवालको संयोजकत्व तथा टर्फिक प्रहरी पोष्ट बुधबारेका प्रमुख चन्द्र राउतको प्रमुख आतिथ्यमा बुधबारे बजारमा भएको प्रतियोगितामा ५२ जना प्रतियोगीलाई पछि पार्दै चौधरी प्रथम भएका हुन् । ५० मिनेटको दूरी उनले एक मिनेट १९ सेकेन्डमा पार गरी विजेता बनेको बुधबारे जेसीजका महासचिव अनिल वाग्लेले जनाएका छन् ।
बुधबारे जेसीजका महासचिव अनिल वाग्लेले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि राउतले सवारी दुर्घटना न्युनिकरणमा कार्यक्रम चेतनामूलक भएको बताएका थिए भने सवारी चालकले सवारी कुदाउँदा नियमको पालना गर्दै सचेत भएर कुदाउनु पर्ने बताएका थिए । कार्यक्रम संयोजक कटवालले स्वागत मन्तव्य राखेका थिए ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ