कनकाई संवाददाता
झापाको कनकाई नगरपालिकामा रहेको जामुनबारी सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि गृहकार्य गर्न निर्वाचन समिति गठन भएको छ । शुक्रबार आयोजित साधारणसभाका बीच नयाँ समिति चयनका लागि निर्वाचन समिति गठन भएको हो ।
स्थानीय सामाजिक व्यक्तित्व रुद्रबहादुर बोहोराको नेतृत्वमा १५ सदस्यीय निर्वाचन समिति गठन भएको छ । समितिको सचिवमा दिननाथ खतिवडा छन् भने सदस्यहरुमा अर्जुन राई, पदम खवास, गीता अधिकारी, भोला अधिकारी, मुना पोखरेल, बलाराम राई, श्याम खवास, नारायण कोइराला, गणेश श्रेष्ठ, धनपति नेपाल, गोकुल भुजेल, खगेन्द्र बराल र अर्जुन रिजाल छन् । वनका अध्यक्ष पर्शुराम गिरी वडाध्यक्षमा विजयी आफूले राजीनामा दिएको घोषणा गरेका थिए ।
यसैबीच, वनले आर्थिक वर्ष २०७३÷२०७४ मा २ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । पर्यटकीय गन्तव्य जामुनखाडी सिमसार क्षेत्रको समेत व्यवस्थापन गर्दै आएको यस वनले कुल २ करोड ३५ लाख ३६ हजार अठासी रुपैयाँ आम्दानी गरेको हो । आम्दानीको ५० प्रतिशतभन्दा बढी हिस्सा सिमसारले ओघटेको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा