काठमाण्डौं । दलालले भारतको बाटो हुँदै युएई ल्याएर घरेलु कामदारको रुपमा कुवेत पठाउँदै गरेकी सुरुङ्गा झापा घर भएकी मुना डाँगीलाई दुबई एअरपोर्टबाट उद्दार गरिएको छ ।
डाँगीलाई दलालले युएईको अजमानमा ल्याएर राखेको थियो । उनलाई कुवेत पठाउनका लागि दुबई अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।
विमानस्थलमा नेपाली महिला दिपिका भण्डारीले सोधीखोजी गर्दा आफू दलालमार्फत युएई आएको र आफूलाई दलालले कुवेतमा बिक्री ल्याएको बताएपछि उनको उद्दारका लागि पहल भएको थियो ।
उद्दारमा पहल गर्ने दिपिका भण्डारीको पहलमा उनको नेपाल फिर्तीको टिकट व्यवस्था गरेर आज ५ बजे उनी नेपाल फर्किदै छिन् ।
आफूलाई कुवेतमा युएई दिराम ११ हजारमा बेच्न लागेको थाहा पाएर कुवेत नजाने कुरा गर्दा दलालले पासपोर्टमा व्याण्ड लगाएर २ वर्ष युएईमा जेल हालिदिने धम्की दिएको डाँगीको भनाई छ ।
Trending
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर