द्रोण अधिकारी
। दक्षिणी झापाको समस्याका रुपमा रहेको हात्ती नियन्त्रणका लागि ९ करोड रुपैयाको कार्योजना तयार भएको छ ।
भद्रपुर नगरपालिकाको संयोजनमा शुक्रवार आज सम्पन्न हात्ती समस्या र समाधानको संभावना विषयक अन्र्तक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले वन मन्त्रालयले मागे अनुसार सो कार्योजना तयार गरि पठाइएको हो ।
गत सोमवार नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ ले दक्षिणी झापाको समस्याका रुपमा बढ्दो हात्ती आतङ्क नियन्त्रण गर्न संसद कृष्णप्रसाद सिटौला मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र पठाएपछि प्रधानमन्त्रीले वन मन्त्रालयलाई काम गर्न निर्देशन दिए पश्चात मन्त्रालयले २६ साउनमा जिल्ला वन कार्यालय झापासित कार्योजना माग गरेर हात्ती नियन्त्रणको काम सुरु गरेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
उहाँले झापाको चारआलीदेखि जलथलसम्मको क्षेत्रमा जैविक मार्ग र तारवार गरी दुई किसिमले काम गर्ने गरी मानव हात्तीद्वन्द्व नियन्त्रण कार्य योजना तयार गरिएको जानकारी दिनुभयो । सुवेदीका अनुसार ८ करोड ९० लाख रुपैयामा इको पर्यटन तथा कृषि पर्यटन जोन निर्माण हुने गरी हात्ती नियन्त्रण गर्न सकिने छ ।
भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रकाश पर्दै हल्दिवारी गाउँपालिकाका उपप्रमुख डम्बर गिरीले हात्ती आतङ्को मानवीय पीँडा फोटोका रुपमा विक्री गरेर सञ्चार माध्यमहरुले आतंक फैलाएको आरोप लगाउनुभयो । उहाँले सञ्चार माध्यममा फोटो छापेर हल्ला फैलाउनु भन्दा हात्ती आतङ्को अन्त्य गर्न लाग्नु राम्रो हुने सुझाव समेत सञ्चारकर्मीलाई दिनुभएको थियो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा