कनकाई अनलाईन । काँकरभिट्टा
रोटरी क्लव अफ काँकरभिट्टा र रोट्रयाक्ट क्लव अफ काँकरभिट्टाको संयुुक्त कार्यालय बिहीबार उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवँ रोटरियन कुमार गिरी एजीले ती दुई संस्थाको संयुक्त कार्यालय उद्घाटन गरेका हुन् ।
मेचीनगर –६ स्थित सुन्दर टोल मार्गमा अवस्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा उनले संस्थाको कार्यसम्पादनसंगै सामाजिक अभियान सञ्चालन गर्न सहज हुने बताए ।
प्रमुख अतिथि गिरी एजीले झापाका ५ वटा रोटरी क्लवहरुमध्येको पुरानो क्लव काँकरभिट्टाले नेतृत्व विकास, क्षमता विकासलगायत शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गतिविधि अघि बढाउने विश्वास ब्यक्त गरे ।
सो अवसरमा ज्येष्ठ नागरिक समिति मेचीनगरका अध्यक्ष कृष्णप्रसाद उप्रेती, मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौला, नाइट चेस क्लवका अध्यक्ष कृष्णकान्त खनियाँ, रेडक्रश सोसाइटी झापा शाखाका सदस्य दिलीप सुवेदी, रोटरी क्लव अफ काँकरभिट्टाका भावी अध्यक्ष अशोक श्रेष्ठ, कराँतेका अन्र्तराष्ट्रिय रेफ्रि राजु महर्जन, समाजसेवी मेदनीप्रसाद खरेल, कमल थापालगायतको उपस्थिति थियो ।
रोटरी क्लव अफ काँकरभिट्टाका अध्यक्ष ललित तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन क्लवका सचिव सुजन श्रेष्ठले गरेका थिए ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा