कनकाई अनलाईन
स्थानीय निर्वानमा भद्रपुर नगरको काँग्रेसको नेतृत्वलाई हराउन प्रत्यक्ष भूमिका खेलेका ९ जना कृयाशील सदस्यलाई नेपाली काँग्रेस भद्रपुर नगर समितिले निष्काशन गरेको छ ।
न्गर निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वारलाई हराएर अन्य पार्टीलाई फाइदा पुर्याउने काममा प्रत्यक्ष लागेका बागी उम्मेद्वार तथा तिनका समर्थक गरी ९ जनालाई पार्टीको बिधान अनुसार निष्काशन गरिएको हो ।
यसरी निष्काशित हुनेहरुमा भद्रपुर १ का कुलप्रसाद संग्रौला, अरुणकुमार उप्रेती,उकिन्द्र खरेल, सरोज संग्रौला रहेका छन् । यसैगरी भद्रपुर ४ का मनोज केसी, भद्रपुर ७ का दुर्जनसिंह राजवंशी, जगदिश काफ्ले, हरिप्रसाद निरौला छन् भने भद्रपुर ८ की कुन्तीदेवी राई लगायतले पार्टीको हित विपरित विपक्षी पार्टीलाई फाइदा पुग्ने गरी बागी उम्मेद्वार बनेर आधिकारिक उम्मेद्वार हराउन भूमिका खेलेको आरोपा निष्काशन गरिएको नगर उपसभापति ज्ञानबहादुर चौहानले जानकारी दिए ।
उनका अनुसार नेपाली काँग्रेसको बिधान २०१७ को दफा ४९, ११ ख बमोजिम कार्वाही गरिएको हो । नगर निर्वाचनमा पार्टीलाई हराउन पर्दा पछाडि रहेर भूमिका खेल्नेहरु विरुद्ध छानविन गरी कार्वाही गर्न अगुवा कार्यकताहरुले माग समेत राखेका छन् ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा