विराटनगर – मोरङको रङ्गेली नगरपालिका प्रमुखमा नेकपा९माओवादी केन्द्रका दिलिप बगडिया आठ हजार ६८ मत प्राप्त गरी विजयी भएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोदराज घिमिरेले छ हजार १८६ मत प्राप्त गरेको छ ।
उपप्रमुखमा विवाद
उपप्रमुख पदमा झिनो मत अन्तरका कारण सामान्य विवाद भएपछि वडा नं ६ को पुनःमतगणना सुरु गरिएको छ । सर्वदलीय बैठकपछि सो निर्णय गरेर पुनः मतगणनाको काम सुरु भइसकेको निर्वाचन अधिकृत पुण्यप्रसाद पाठकले जानकारी दिए ।
सो पदमा माओवादी केन्द्रकी केशवकुमारी खरालको पाँच हजार ७२० र नेपाली काँगे्रसकी राधादेवी मण्डलको पाँच हजार ७०८ मत रहेको गणना गरिएको बताइएको छ । काँग्रेसले मतगणनामा गडबडी भएको जनाउँदै पुनः मतगणनाको माग गरेपछि विवाद भएको थियो । उपप्रमुखको घोषणा वडा नंं ६ को मतगणना सकिएलगत्तै हुने निर्वाचन कर्यालयले जनाएको छ /
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा