कनकाई अनलाईन
। झापा जिल्लामा एमाले र कांग्रेस पछि स्थानीय तहमा ३ तह जितेर तेस्रो शक्ति बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आफुले जितेका स्थानीय तहमा कार्यालयभित्र पृथ्वीनारायण शाहको तस्वीर अनिर्वाय राख्ने निर्णय गरेको छ ।
पार्टीको जिल्ला समितिको निर्णय बमोजिम राप्रपाले आफुले चुनाव जितेको कचनकवल , हल्दिवारी र गौरीगंज गाउँपालिकाको कार्यालयमा राष्ट्रनायक पृथ्वीनारायण शाहको तस्वीर कार्यालयमा राखिएको राप्रपाका जिल्ला सचिव केशवराज ओझाले वताउँनुभयो ।
कचनकवल गाउँपालिकाको सपथ पछिको पहिलो वैठकबाट भ्रस्टाचाररहित सुशासन व्यावस्थापन गर्ने र पृथ्वीनारायण शाहको तस्वीर सधै कार्यलयमा राखी कार्य प्रारम्भ गर्ने , हात्ती नियन्त्रणका लागि दिर्घकालीन योजना बनाउने तथा साविक ४ गाविस जोड्ने रिङ्गरोडको योजना बनाउँने निर्णय गरिएको छ । यसैगरी राप्रपाले जितेको अर्को गाउँपालिका हल्दिवारीमा समेत निर्वाचन अधिकृत पदमबहादुर कार्कीले सपथ खुवाएपछि पृथ्वीनारायण शाहको तस्वीर कार्यकक्षमा राखी कार्य सुरु गरिएको छ ।
तस्वीर ःकचनकवल गाउँपालिको कार्यलयमा पृथ्वीनारायण शाहको तस्वीर मुनि वसेर कार्यगदै गाउँपालिका अध्यक्ष अन्जार आलम / कनकाई अनलाईन
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा