कनकाई समाचारदाता
। पुर्वको प्रमुख व्यापारिक नगरी विर्तामोड नगरपालिकामा नेकपा एमालेले मेयर उपमेयरमै विजय हात पारेको छ ।
विर्तामोड नगरपालिकाको मेयरमा एमालेका धु्रव शिवाकोटीले ९ हजार १ सय १० मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जलकुमार गुरुङ्गले ८ हजार २ सय १७ मत ल्याउनुभयो । शिवाकोटीले गुरुङ्गलाई ८ सय ९३ मतले पराजित गर्नुभयो । यसैगरी उपमेयरमा समेत नेकपा एमालेकी उम्मेद्धार पवित्रा महतरा प्रसाईले १० हजार ४ सय ३७ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँकी प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी पार्वती गिरीले ९ हजार ११ मत ल्याउनुभयो । महतराले गिरीलाई समेत १४२६ मतले पराजित गर्नुभयो ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर पदका उम्मेद्धार भक्ति सिटौलाले ६ हजार १ सय ७० र उपमेयरकी उम्मेद्धार लीला अनमोलले ३ हजार ८ सय ७६ मत ल्याउनुभयो । माओवादी केन्द्रका मेयर पदका उम्मेद्धार सिपि कड्रियाले ३ हजार ७ सय ९७ र उपमेयरकी उम्मेद्धार लक्ष्मी न्यौपाने सरुले ३ हजार ४ सय ४४ मत प्राप्त गर्नुभयो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा