सुरुङ्गा ।
यूवा तथा खेलकुद मन्त्रालयको आ.व.२०७३÷७४ को कार्यक्रम राष्ट्रिय खेलकुद परिषदको संयोजक र पूर्व क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा यहि २०७४ साल असार १९र २० गते ईटहरीमा आयोजना भएको नवौं पूर्वाञ्चल क्षेत्रिय राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद प्रतीयोगितामा झापा जिल्लाबाट सर्वाधिक खेलाडी विजयी हुन सफल बनेका छन् ।
एथलेटिक्स,भलीबल,कभड्डी,कराते,तेक्वान्दो र उसु छात्र/छात्रामा १४ स्वर्ण १२ रजत र ४ कास्य पदक प्राप्त गरी अंकका आधारमा लगातार दोस्रो पटक पनि झापाली खेलाडीको वर्चस्व कायम गर्दै पूवाञ्चलमा प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।
उक्त प्रतियोगिता बाट छनोट भई ०७४ साल असार २२,२३ र २४ गते काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा पूर्वाञ्चल बाट सबैभन्दा बढी झापा जिल्लाको २६ जना खेलाडी सहभागी हुने जिल्ला खेलकुद विकास समितिका संयोजक शंकर थापाले जानकारी दिनुभयो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा