कनकाई अनलाईन
झापाको बुद्धशान्ति गाउँपालिकाको ७ नम्बर वार्डमा माओवादी केन्द्रका वार्डअध्यक्षका उम्मेद्धार मात्रिका पौडेल विजयी हुनुभएको छ । पौडेलले ३०८ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेद्धार निरकुमार सुवेदीले २५६ मत ल्याउनुभयो भने कांग्रेसका उम्मेद्धार निधिराम आचार्यले १५४ मत ल्याउनुभयो । वार्डका वाकी सदस्य पदमा भने एमालेका उम्मेद्धारहरु विजयी हुनुभएको छ ।
परिषद सदस्यहरुमा एमालेका मात्रिकाप्रसाद निरौला २९३ मत र दिनेश लिम्बु २७४ मत महिला सदस्यमा रितादेवि वराल ३०५ मत ल्याएर विजयी हुनुभयो भने दलित महिला सदस्यमा जानुकादेवि लोहार २६४ मत ल्याएर विजयी हुनुभएको बुद्धशान्ती गाउँपालिकाका निर्वाचन अधिकृत इन्द्रकमल राईले बताउँनुभयो ।
Trending
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल