कनकाई अनलाईन
नेपाली कांग्रेस कनकाई नगरपालिका र झापा गाउँपालिकामा भोली कांग्रेसका शीर्ष नेताहरुको उपस्थितिमा भोली कनकाई नगरपालिकाको सुरुङ्गा र झापा गाउँपालिकाको शरणामतीमा आफ्नो चुनावी सभा गर्दै छ ।
केहि दिन पहिले एमालेका अध्यक्ष केपी शर्मा ओलीले यी दुवै नगरपालिका र गाउँपालिकामा चुनावी सभा गरिसकेका छन् । कांग्रेसले समेत ओलीले गरेका भाषणलाई काउन्टर दिन ती स्थानमा सभाको आयोजनागर्न लागेको हो ।
कांग्रेसले आफ्ना प्रखर युवा नेता विश्वप्रकाश शर्मा , पुर्व अर्थमन्त्री डा ः रामशरण महत , पुर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला , पुर्व सामान्यप्रशासनमन्त्री केशवकुमार वुडाथोकी लगायातको नेताले यी दुवै स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस पार्टीकाकनकाई नगरपालिकाका प्रेस संयोजक तथा युवा संचारकर्मी मनोज वस्नेतले कनकाई अनलाईनलाई वताए ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा