कनकाई अनलाईन
नेपालका चर्चित नेता तथा पुर्व प्रधानमन्त्री केपीशर्मा ओली भोली ( बुधवार ) दक्षिणी झापा गाउँपालिकाको कामाटोली बजारमा आउने भएका छन् ।
उहाँ आगामी असार १४ गते हुने एमालेको चुनाव प्रचारका लागि विहान ८ बजे कामाटोली वजारमा एमालेका केन्द्रिय नेतागण र कलाकारको टोली सहित आउन लागेका हुन् ।
एमालेका पार्टी अध्यक्ष समेत रहनुभएका ओली झापा गाउँपालिकामा अध्यक्षमा उठेका युवा खेलाडी तथा चर्चिच गित मुटु माग्यौ तिमिले मैँले वाच्नुपर्छका रचनाकार गजेन्द्र ताम्ली लिम्बु , उपाध्यक्षकी उम्मेद्धार कुन्ता वुडाथोकी लगायातको टिमको चुनाव प्रचारका लागि आउन लाग्नुभएको हो । पुर्व प्रधानमन्त्रीको आगमनका लागि सम्पुर्ण तयारी पुरा गरिसकिएको नेकपा एमालेका झापा गाउँपालिकाका अध्यक्ष तथा झापा गाउँपालिकाका अध्यक्षका उम्मेद्धार गजेन्द्र ताम्ली लिम्बुले जानकारी दिनुभयो ।
Trending
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर