कनकाई अनलाइन
झापाकै मुख्य व्यापारिक नगरी विर्तामोडमा नेकपा एमालेले मेयर र उपमेयर तथा १० वटै वार्डमा वार्डअध्यक्ष र परिषद सदस्यहरुको उम्मेद्धारी घोषणा गरेको छ ।
पार्टीले मेयरमा तत्कालिन अनारमनी गाविसका अध्यक्ष धु्रब शिवाकोटी र उपमेयरमा पवित्रा महतारालाई उठाउने सावर्जनिक गरेको छ । नगर निर्वाचन कमिटीले विर्तामोडमा विषेश कार्यक्रमको आयोजना गरि उम्मेद्धारी घोषणा गरेको हो ।
यसैगरी वडाअध्यक्षहरुमा १ नम्बरमा अग्निप्रसाद पाण्डे , २ नम्बरमा नरेन्द्रप्रसाद संग्रौला , ३ नम्बरमा अमृतबहादुर वुडाथोकी , ४ नम्बरमा नन्दलाल खरेल , ५ नम्बरमा राजेन्द्रप्रसाद लिङ्देन ६ नम्बरमा गणेश कन्दङ्वा , ७ नम्बरमा टिकाराम खरेल , ८ मा शेखर कडेँल , ९ मा पवित्रा पाठक र १० मा राजेन्द्र कड्रियालाई उम्मेद्धारी दिइएको छ ।
उम्मेद्धारी घोषणा कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य तथा पुर्वमन्त्री अग्नि खरेल , सांसदहरु नरेश खरेल , जीतु गौतम , प्रेम गिरी , पार्टीका केन्द्रिय सदस्य हिक्मत कार्की लगायातले शुभकामना दिनुभएको थियो ।
Trending
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर