कनकाई संवाददाता ।
झापा बिर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी ओमकृष्ण विमली र पार्वता विमलीले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।
बिर्तामोड ५ निवासी विमली दम्पत्तिले उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे । रकम हस्तान्तरण कार्यक्रममा महासंघका सहसचिव एवम् कोषका सचिव केशव भट्टराई , महासंघका सदस्य अनिल ढुंगाना लगायतका पत्रकारको समेत उपस्थििति थियो ।
ओमकृष्ण नेपाल अलैची व्यवसायी महासंघका केन्द्रीय महासचिव तथा लायन्य क्लव अफ बिर्तामोडको सन् २०१७÷२०१८ का लागि अध्यक्ष हुन् । पार्वता महासंघकी केन्द्रीय सदस्य तथा वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष हुन् । विमली दम्पत्ति व्यवसायसंगै समाजसेवामा सक्रिय छन् ।
मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन महासंघले थालेको अभियानको विमली दम्पत्तिले सराहना गरे ।
महासंघका उपाध्यक्ष एवं कोषका संयोजक गिरीका अनुसार कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको कोषका सचिव भट्टराईले बताए ।
Trending
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन