कनकाई संवाददाता
झापा बिर्तामोड ४ स्थित सिम्रिक वचत तथा ऋण सहकारी संस्था लि.ले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष कमलबहादुर बस्नेत र सचिव सुवास भट्टराईले सोमबार उक्त रकम महासंघका अध्यक्ष तारामणि सापकोटा र पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरी लाई प्रदान गरे ।
मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियानको सिम्रिकका अध्यक्ष बस्नेतले सराहना गरे ।
नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको छ ।
कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने छ ।
सिम्रिकका अध्यक्ष बस्नेत र सचिव भट्टराईले पत्रकारको हितमा देशमै नयाँ र नमूना काम झापाबाट सुरु भएकोमा प्रशंसा गर्दै संस्थाको तर्फबाट सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।‘पत्रकार महासंघलाई हाम्रो यो सहयोग अन्तिम होइन’–अध्यक्ष बस्नेतले भने–‘आगामी दिनमा पनि सहयोग र सहकार्य जारी रहने छ ।’
सहयोग हस्तान्तरण समारोहमा अध्यक्ष सापकोटा, कोषका संयोजक एवं महासंघका उपाध्यक्ष गिरी, महिला उपाध्यक्ष भीमा शिवाकोटी, सहसचिव केशव भट्टराई, सदस्य सुशीला संग्रौलाले सिम्रिकको सहयोगको सराहना गर्दै धन्यवाद ज्ञापन गरे ।
तस्वीर ः बिनोद पाण्डे(कमल)
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा