विर्तामोड , जेष्ठ १३ गते । झापा अर्जुनधारा नगरपालिका ७ का नेकपा एमालेका वडाअध्यक्षका उम्मेद्धार रमेश त्रिखत्री भोट माग्न जादा आफ्नै पुर्व एमाले कार्यकताएबाटै कुटिएका छन् ।
शनिवार उनी भोट माग्न घरदैलो गर्ने क्रममा एमालेका पुर्व कार्यकर्ता भोला पौडेलले कुटपिट गरेका हुन् । पौडेल स्थानीय अर्जुनधारा माविका शिक्षक समेत हुन् ।
उनले आफ्नो गाउँमा भोट माग्न आएको वखत पुरानो कुरा झिकेर त्रिखत्रीलाई कुटपिट गरेका थिए । यसअघि पौडेललाई पार्टी हित विपरीत कार्य गरेको भन्दै एमाले पार्टीले कार्वाही गरेको थियो , उनले कार्वाहीको वदला लिन उम्मेद्धार त्रिखत्रीलाई कुटपिट गरेका हुन् ।
पौडेलले वडासदस्यका अर्का उम्मेद्धारकमल निरौलामाथि पनि दुव्यवहार भएको नेकपा एमाले झापा जिल्ला कमिटीले जनाएको छ ।
कुटपिटमा संग्लन पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर पार्टीका जिल्ला नेताहरुले प्रहरी चौकी शनिश्चरे पुगी पौडेललाई छुटाएका थिए भने उनलाई पुन पुरानै जिम्मेवारमी समेत फर्काइदिने भन्दै विवाद साम्य पारेका थिए ।
निर्वाचनको माहौल विग्रने भन्दै पौडेललाई एमालेको चुनाव प्रचारमा लाग्ने सर्तमाप्रहरीबाट छुटाएको एक एमाले नेताले बताए ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ