कनकाई संवाददाता ।
। झापा बिर्तामोड ४ स्थित कञ्चनजंघा अंग्रेजी मावि तथा कञ्चनजंघा नमूना कलेजले पत्रकार सहारा उपचार कोष झापाका लागि ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल गुरुभक्त न्यौपानेले उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गर्नुभयो ।
मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियानको न्यौपानेले सराहना गर्नुभयो ।
नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको छ ।
महासंघका सदस्य एवं कोषका सदस्य लीलाराज झापालीका अनुसार कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा