कनकाई अनलाईन
चुनाव जित्छौ भन्ने ठुला दलहरुले आजसम्मको मितिमा कनकाई नगरमा मेयरको पदमा उम्मेद्धार घोषणा गर्न नसक्दा यस क्षेत्रमा अव दोस्रो रन्जु दर्शनाको जन्म हुने भएको छ ।
कांग्रेस , एमाले र माओवादी केन्द्रले कनकाई नगरमा निर्वाचनको मिति नजिकिन लाग्दा समेत आजसम्म नगरको आधिकारीक उम्मेद्धारको घोषणा गरेर मत माग्न जनताको घरदैलोमा जान सकिरहेका छैनन् । तर यस क्षेत्रका निस्कलङ्क व्याक्तिका रुपमा चिनिने पुर्व गाविस अध्यक्ष भीमप्रसाद अधिकारी आफ्नो घोषणापत्रसहित घरदैँलो गरिरहेका छन् ।
कांग्रेसमा एकराज उप्रेती र रमेश श्रेष्ठ तथा खगेश्वर उप्रेतीविचमा टिकटका लागि लडाई चलिरहदा एमालेभित्र हिरा थापा र राजेन्द्र पोखरेलविचमा टिकटको जुहारी चलिरहेको छ ।
एमाले स्रोतका अनुसार प्रदेशले वाढ्ने टिकटमा हिरा थापा प्रदेश सदस्य समेत भएकाले मिटिङ्गमा छिनोफानो गर्न समस्या भएको हो । कनकाई नगरमा अहिले उठ्ने उम्मेद्धारभन्दा भीम अधिकारी निक्कै ओजनदार उम्मेद्धारहुन । अधिकारीलाई असन्तुष्ट जमातको भोट आएमा यो दलका उम्मेद्धारलाई धेरै भारी पर्ने अनुमान सबैले गरेका छन् ।
काठमाण्डौँमा रन्जु दर्शनाकै देखासिकी गरेर मतदातालाले भीमअधिकारीलाई भोट खसाल्लान कि नाई यो चहि प्रतिक्षाकै घडीमा रहेको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा