Author: lilaraj

Add Ne कनकाई अनलाईन नेकपा माओवादी केन्द्र भद्रपुरले स्थानीय तह निर्वाचनका लागि भद्रपुरमा शिव राजभण्डारीको नेतृत्वमा उम्मेदवार घोषणा गरेको छ । केन्द्रका एक नम्वर प्रदेश सह इन्चार्ज सावित्रीकुमार काफ्लेको प्रमुख आतिथ्यमा जिल्ला इन्चार्ज विजय सम्पाङले सर्वसम्मत उम्मेदवार घोषणा गरेका हुन् । जसमा उपमेयरमा कुमारी स्वणिका सिंह वडा नं १ का अध्यक्ष मेदिनी शिवाकोटी, २ मा चुडामणि दाहाल, ३ मा विष्णु राई, ४ मा हंशधर राजवंशी, ५ मा सिता न्यौपाने, ६ मा मो. हजरत अली, ७ पुष्प राजवंशी, ८ मा चन्द्रबहादुर भुजेल, ९ मा रतन राजवंशी र १० मा भरतसिंह राजवंशी लगायत नगरमा रहेको सम्पूर्ण ५२ पदका लागि नाम सार्वजनिक…

Read More

कनकाई अनलाईन प्रथम झापा जिल्ला स्तरिय महिला नक आउट फुटबल प्रतियोगिताको उपाधी सनसाइन फुटबल क्लब, ज्यामीरगढीले आफ्नो पोल्टामा पारेको छ । नेपाल लोकतान्त्रिक खेलकूद संघ मेचीनगरको आयोजनामा संचालित प्रतियोगिताको शनिवार भएको फाइनल खेलमा सनसाइन फुटबल क्लबले  पारीजात फुटबल क्लब, सालबारीलाई १ – ० गोलले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेको हो । यो जित सगै सनसाइनले गत महिना सुरुङ्गामा भएको दोस्रो जिल्ला स्तरीय महिला फुटवलको पराजयको समेत वदला लिएको छ । काकरभिट्टा माविको खेल मैदानमा भएको फाइनल खेलको १४ औ मिनेटमा पारीजातकी गोल रक्षक उमा चौधरीले प्रहार गरेको बल सनसाइनकी जर्सी ६ की सरिता शेर्पालाई लागेर आएको रि–बाउण्ड बल नै…

Read More

विर्तामोड , जेष्ठ १३ गते । झापा अर्जुनधारा नगरपालिका ७ का नेकपा एमालेका वडाअध्यक्षका उम्मेद्धार रमेश त्रिखत्री भोट माग्न जादा आफ्नै पुर्व एमाले कार्यकताएबाटै कुटिएका छन् । शनिवार उनी भोट माग्न घरदैलो गर्ने क्रममा एमालेका पुर्व कार्यकर्ता भोला पौडेलले कुटपिट गरेका हुन् । पौडेल स्थानीय अर्जुनधारा माविका शिक्षक समेत हुन् । उनले आफ्नो गाउँमा भोट माग्न आएको वखत पुरानो कुरा झिकेर त्रिखत्रीलाई कुटपिट गरेका थिए ।  यसअघि पौडेललाई पार्टी हित विपरीत कार्य गरेको भन्दै एमाले पार्टीले कार्वाही गरेको थियो , उनले कार्वाहीको वदला लिन उम्मेद्धार त्रिखत्रीलाई कुटपिट गरेका हुन् । पौडेलले वडासदस्यका अर्का उम्मेद्धारकमल निरौलामाथि पनि दुव्यवहार भएको नेकपा एमाले…

Read More

 प्रेस सेन्टर इलामले राहसल बाल अनाथलयका बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गर्दै १५ औ कृष्ण सेन स्मृती दिवस मनाएको छ । सेन्टरले अनाथलयमा आश्रय लिइरहेका ११ जना बालबालिकाहरुलाई किताव, कापी, फुटबल, खानेकुरा लगायतका सामाग्रीहरु प्रदान गरेका हुन । सेन्टरकी उपाध्यक्ष बुद्धमाया सोङमीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । स्मृती दिवसका प्रमुख अतिथी प्रेस सेन्टर प्रदेश नं १ का सचिव सुजन तिम्सिनाले अनाथालयका सचिव राजेन्द्र चौहानलाई सामाग्री हस्तान्तरण गरे । कार्यक्रममा माओवादी केन्द्रका कार्यालय सचिव जीवन शर्मा, माओवादी केन्द्र इलाम नगरका प्रत्यासी प्रवाश शर्मा, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश परियार, सन्धीभक्त शंकर, लगायतको उपस्थिती रहेको थियो । प्रेस सेन्टरले हरेक बर्ष कृष्ण…

Read More

  कनकाई अनलाईन सुरुङ्गा । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा १५ स्थानीय तहमध्ये एमालेले स्थानीय निर्वाचनका लागि १३ स्थानीय निकायको उम्मेद्धारको टुङ्गो लगाएको छ । जिल्ला तथा प्रदेशस्तरको छलफलबाट यी उम्मेद्धारहरुको छिनोफानो गरिएको एमालेले जनाएको छ । अव बाकी विर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाको मात्रै उम्मेद्धारी टुङ्गाउन बाकी रहेको एमालेले जनाएको छ । उम्मेद्धारी टुङ्गाएका नगरपालिका हरुमा कनकाईमा मेयर राजेन्द्रकुमार पोखरेल उपमेयर मन्जु प्रसाई ,मेयरमा  दमकमा रोमनाथ ओली तथा उपमेयरमा गीता अधिकारी , भद्रपुरमा मेयरमा जीवनकुमार श्रेष्ठ तथा उपमेयरमा चन्द्रा श्रेष्ठ ,गौरादह नगरपालिकामा मदन अधिकारी तथा उपमेयरमा गीता भेट्वाल , झापा नगरपालिकामा मेयरमा गजेन्द्र…

Read More

मनोज खड्का कनकाई अनलाईन /सुरुङ्गा लामो रस्साकस्सीपछि नेकपा एमालेले कनकाई नगरको मेयर र उपमेयरको टुङ्गो लगाएको छ । जसमा मेयरका लागि राजेन्द्र पोखरेल र उपमेयरका उम्मेद्धारमा २०२८ सालको झापा विद्रोहका शहिद रामनाथ दाहालकी छोरी कनकाई नगरपालिका ५ निवासी मन्जु प्रसाई रहनुभएको छ । आज एमालेको प्रदेशको सेक्रेटरी वैठकबाट राजेन्द्र पोखरेललाई मेयर तथा मन्जु प्रसाईलाई उपमेयरको टिकट दिने निर्णय गरेको हो । यसवारेमा दुवैलाई पार्टीका तर्फबाट आधिकारीक पत्र भने भोली दिने एमाले स्रोतले जनाएको छ । मेयरका अर्का प्रत्यासी एमालेका प्रदेश सदस्य हिरा थापालाई प्रदेशको चुनावमा टिकट दिने गरी सहमति जुटाइएको एमाले स्रोतले बताएको छ । ५३ वर्षिय  राजेन्द्र पोखरेल सुरुङ्गा…

Read More

मनोज खड्का /सुरुङ्गा २८ सालमा जव खड्गप्रसाद ओली (केपी ) ले झापा विद्रोहको नाममा धमाधम मानिसका टाउको काट्दै थिए त्यसताका एकजना कांग्रेसी कवि हरिभक्त संग्रौलाले लेखेको एक कविता देशमै चर्चित बन्यो , हैन मैले ढाटेँको बामपन्थीले टाउको काटेको …….. । यीनै कविताको माध्यमबाट यी संग्रौलालाई तत्कालिन कांग्रेस नेता गिरीजाप्रसाद कोइरालाको विश्वासपात्र समेत बनाइदियो । विपि विचार ग्रामिण विकास परियोजनाका नाममा झापा , मोरङमा एनजिओ समेत चलाए , पछि परियोजनाको नाममा विपिको नामै वदनाम गरेको भन्दै यीनै कांग्रेसीजनले यी कविलाई लामो समय इलाका प्रहरी कार्यलय विर्तामोडमा थुनाए । नगरपालिका ३ कनकाई सुरुङ्गा निवासी संग्रौँला निक्कै रफ्तारमा कविता लेख्नसक्ने क्षमताकै कारण गाउँमा…

Read More

  नेकपा माओवादी केन्द्र झापाले आसन्न स्थानिय तहको निर्वाचनका लागि  झापाकै केन्द्रविन्दु मानिने विर्तामोड नगरपालिकामा मेयर , उपमेयर सहित १० वटै वडामा उम्मेद्धारी घोषणा गरेको छ । शुक्रवार विर्तामोडमा आयोजित कार्यक्रमा माओवादी केन्द्रले उम्मेद्धारी घोषणा गरेको हो । पार्टीले मेयरमा लोकप्रिय युवा नेता सिपी कड्रिया र उपमेयरमा लक्ष्मी न्यौपाने सरुलाई उठाउने निर्णय गरेको छ । यसैगरी विर्तामोड नगरपालिकाको १ नम्बर वार्डअध्यक्षमा हाईकुमार राई , २ नम्बरमा नेठुलाल राजवंशी ३ नम्बर वार्डअध्यक्षमा चक्रप्रसाद विमली ४ नम्बर वार्डअध्यक्षमा जनबहादुर जवेगु ५ नम्बर वार्डअध्यक्षमा संचारकर्मी बीरबहादुर दर्नाल ६ नम्बरमा रामकृष्ण अधिकारी ७ नम्बरमा नन्दकुमार उप्रेती ८ नम्बरमा नवराज खतिवडा ९ नम्बरवार्डअध्यक्षमा मनप्रसाद लिम्बु…

Read More

कनकाई अनलाईन । नेकपा माओवादी केन्द्रले शिवसताक्षी नगरपालिकाको मेयरमा ३३ वर्षे विद्यार्थी नेता महेन्द्र भट्टराईलाई उठाउँने निर्णय गरेको छ । भट्टराई अखिल नेपाल विद्यार्थी संघ क्रान्तिकारीका केन्द्रिय सचिव समेत हुनुहुन्छ । शिवसताक्षी नगरपालिका दुधेमा आयोजित उम्मेद्धारी घोषणा कार्यक्रममा माओवादी केन्द्रकी नगर इन्चार्ज कल्पना कार्की भुमिकाले मेयरमा भट्टराई र उपमेयरमा कचाली ताजपुरियालाई उम्मेद्धार घोषणा गर्नुभयो । मेयरका उम्मेद्धार भट्टराई झापाका ठुला चारदलले घोषणा गरेका मेयरका उम्मेद्धारमध्येकै कान्छो उम्मेद्धार रहनुभएको छ । यसैगरी पार्टीले शिवसताक्षी नगरपालिकाको ११ वटै वार्डको वार्डअध्यक्ष र परिषद सदस्यको समेत उम्मेद्धार घोषणा गरिएको छ । जसमा वार्डनम्बर १ को वार्डअध्यक्षमा चर्चित फिल्म निर्देशक दुर्गा नेम्बाङ्ग र परिषद सदस्यहरुमा…

Read More

कनकाई संवाददाता । । झापा बिर्तामोड ४ स्थित कञ्चनजंघा अंग्रेजी मावि तथा कञ्चनजंघा नमूना कलेजले पत्रकार सहारा उपचार कोष झापाका लागि ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ । विद्यालयका संस्थापक प्रिन्सिपल गुरुभक्त न्यौपानेले उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गर्नुभयो । मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियानको न्यौपानेले सराहना गर्नुभयो । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको छ ।…

Read More