Author: lilaraj

  कनकाई अनलाईन । नेपाली कांग्रेस कनकाई नगरपालिका वडा नं. ५ को लागि चुनावी प्रचार ¥याली सम्पन्न गरिएको छ । विहान १० बजे कनकाई नगरपालिकाको दक्षिणी भाग तुलसीवारी वाट सुरु गरिएको उक्त प्रचार ¥यारी वडा नं. ५ लाई पुरै परिक्रमा गरी पुनः साँझ ५ बजे सोहिठाँउ वाट समापन गरिएको थियो । ¥यारीको मध्यभागमा नेका जिल्ला सभापती उद्धब थापा, कनकाई नगर सभापती नेत्रप्रसाद चिमरिया, नेपाल विद्यार्थी संघ पूर्व सभापती विष्णु खरेल, लगायतले ¥यालीको सम्बोदन गर्दै शुभकामना व्यक्त गरेका भने स्थानिय स्तरको समस्या तथा उक्त समस्याको समाधानका भावि योजना सहित सम्पूर्ण उपस्थितिहरुलाई सम्बोद्धन गर्दै हिम बिमली र हरी फुयलले आफ्ना भनाईहरु राखेका…

Read More

  कनकाई अनलाइन झापाकै मुख्य व्यापारिक नगरी विर्तामोडमा नेकपा एमालेले मेयर र उपमेयर तथा १० वटै वार्डमा वार्डअध्यक्ष र परिषद सदस्यहरुको उम्मेद्धारी घोषणा गरेको छ । पार्टीले मेयरमा तत्कालिन अनारमनी गाविसका अध्यक्ष धु्रब शिवाकोटी र उपमेयरमा पवित्रा महतारालाई उठाउने सावर्जनिक गरेको छ । नगर निर्वाचन कमिटीले विर्तामोडमा विषेश कार्यक्रमको आयोजना गरि उम्मेद्धारी घोषणा गरेको हो । यसैगरी वडाअध्यक्षहरुमा १ नम्बरमा अग्निप्रसाद पाण्डे , २ नम्बरमा नरेन्द्रप्रसाद संग्रौला , ३ नम्बरमा अमृतबहादुर वुडाथोकी , ४ नम्बरमा नन्दलाल खरेल , ५ नम्बरमा राजेन्द्रप्रसाद लिङ्देन ६ नम्बरमा गणेश कन्दङ्वा , ७ नम्बरमा टिकाराम खरेल , ८ मा शेखर कडेँल , ९ मा पवित्रा…

Read More

  कनकाई अनलाईन नेकपा माओवादी केन्द्रको तर्फबाट भद्रपुर नगरपालिकाको मेयरका उम्मेद्वार शिवकुमार राजभण्डारीले भद्रपुर नगरलाई समृद्ध बनाउने विकास–योजनासहितको प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । शनिबार भद्रपुरमा पत्रकार सम्मेलन आयोजना गरी मेयर प्रत्यासी राजभण्डारीले १७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो । मेयरका उम्मेद्वार राजभण्डारीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, युवा सशक्तिकरण, पर्यटन, उद्योग–व्यापार, वातावरण संरक्षण, विद्युत विसतार, सूचना तथा सञ्चारको विकासका कार्ययोजनाहरु बुँदागत रुपमा समेटीएको छ । यसैगरी, बालबालिका जेष्ठ नागरिक, महिला, अशक्त, सुकुम्वासी, घरबारविहीन, विपन्नवर्गका ज्वलन्त सवालहरुलाई पनि सम्बोधन गरिने भण्डारीले बताउनुभयो । प्रतिबद्धता घोषणा कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट उपमेयरकी उम्मेद्वार स्वर्णिका सिंहले भद्रपुर मुलुककै सबैभन्दा पुरानो शहर…

Read More

  कनकाई अनलाईन । नेपालको पुर्वीक्षेत्रका मुख्य शहर विर्तामोड , काँकडभिट्टा लगायातका क्षेत्रका लजहरुमा यौनजन्य क्रियाकलाप वढ्न थालेको छ । छिमेकी भारतको विहार सरकारले त्यहाँ मदिरा विक्री तथा सेवनमा समेत प्रतिवन्ध लगाएपछि त्यहाका भारतीयहरु मदिरा सेवन तथा यौन गतिविधिमा संग्लनहुन सिमानामा रहेको झापाका मुख्य शहरमा आउने गरेको रहस्यखुलेको छ । यसैगरी इलाका प्रहरी कार्यलय विर्तामोडले रातीको समयमा बिभिन्न होटलहरु चेकजाँच गर्ने क्रममा जिल्ला झापा बिर्तामोड न।पा।वडा नं। १ स्थितमा रहेको सिपि होटल र शनिअर्जुन न।पा।वडा नं ११ स्थितमा रहेको मनिला होटल एण्ड लजबाट ३ जना भारतीय सहित ४ पुरुष तथा ४ महिलालाई आपत्तीजनका अवस्थामा फेला पारेको छ । पक्राउ गरेका…

Read More

कनकाई अनलाईन । नेकपा एमाले मेचीनगरले चुनावप्रचारका लागि अनौठो जुक्ति निकालेका छन् । पार्टीले आउदो असार १४ गते हुने स्थानिय तहको चुनाव प्रचारका लागि मेयर उपमेयरले गाउँघरमा चलन चल्तीमा रहेको वयलगाडा ( रागाँ गाडा ) चढेर भोट माग्न गाउँघरमा जाने गरेका छन् । यो चुनावी प्रचारलाई अन्य दलका उम्मेद्धारले भने झापाकै एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीलाई गणतन्त्र ल्याउनेकुरालाई वयलगाडामा चढेर अमेरिकाको यात्रा भनेर ब्याङ्ग गरेकोसग तुलना गर्नेगरेका छन् । तर एमाले पार्टीले भने गाउँले रहनशहन झल्काउने उदेश्यले समेत वयलगाडामा उम्मेद्धारले चढेर उम्मेद्धारले भोट माग्ने हिडेको वताएका छन् । एमाले मेचीनगरमा ढिलागरी मात्रै नगरको उम्मेद्धारी निश्चित भएको…

Read More

कनकाई संवाददाता । नेपाली काङ्ग्रेस मेचीनगरको विभिन्न वडाहरुमा शनिवार भएको प्रचार प्रसार कार्यक्रमको क्रममा ५८ जनाले विभिन्न पार्टी परित्याग गरी काङ्ग्रेसमा प्रवेश गरेका छन् । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काङ्गे्रसका नगर प्रमुख तथा उप प्रमुखका उम्मेद्वारहरुले नगरका बिभिन्न वडाहरुमा घरदैलो तथा कोण सभाको कार्यक्रम गर्ने क्रममा मेचीनगर –१४ स्थित दुवागढीको हाट खोला, मेचीनगर –६ स्थित शान्ती टोल, मेचीनगर –५ स्थित नकलबन्दा बजार र मेचीनगर –९ स्थित मागुरमाडीको हरि आधारभूत विध्यालयमा विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्गे्रसमा प्रवेश गरेका हुन । पाटी प्रवेश गर्ने क्रममा हाट खोलामा परेश राजबशी सहित ६ जना, शान्ती टोलमा लिलावती विश्वकर्मा सहित ४ जना, नकलबन्दा…

Read More

म कम्युनिस्ट्र हु भनेर अलिक दह्रो स्वरले वोल्ने विश्वका जुनसुकै मुलुकमा बस्ने कम्युनिस्ट्रले झापा विद्रोह (२०२८) लाई आफ्नो आर्दश मान्छन् । नक्सलवादी आन्दोलनबाट पुर्णरुपमा प्रभावित यस आन्दोलनका दौरानमा झापामा धेरैले ज्यान गुमाए । यहि आन्दोलनको नेतृत्वगर्ने केपी शर्मा ओली यो देशका प्रधानमन्त्री बने आन्दोलनमा सहादात प्राप्त गर्नुहुने शहिद रामनाथ दाहालकी सुपुत्री कनकाई नगरमा उपमेयरको उम्मेद्धारी दिनुभएको छ , एमालेको तर्फबाट । त्यसो त झापा विद्रोहको जस लिने र यस आन्दोलनको नेतृत्व हामीले गरेको हो भनेर हालको माओवादी केन्द्र र एमालेविच वेलावेला जुहारी चलिरहन्छ । झापा कनकाई नगरपालिकाको यस वर्षको स्थानीय निकायको निर्वाचनमा पनि भइदियो यस्तै एमालेले २०२८ सालमा राजा महेन्द्रको…

Read More

 मनोज वस्नेत कनकाई । लायन्स क्लब अफ कनकाई सुरुङ्गाले वृक्षरोपण कार्यक्रम सहित १०० औं लायन्स दिवस मनाइएको छ । सन् १९१७ जुन ७ मा अमेरिकामा मेल्विन जोनले हामी सेवा गछौं भन्ने मूल नाराका साथ लायन्स क्लब अन्तर्राष्ट्रियको स्थापना गरेका थिए । कनकाई–२ धनुषकोटीधाम नजिक रहेको लायन्स शान्ति वनमा लायन्स तथा लियो क्लबका सदस्यहरु भेला भई  १ सय ५० बढी विभिन्न किसिमका विरुवाहरु रोपिएको थियो । गत २ वर्ष देखि सञ्चालनमा रहेको लायन्स क्लब अफ कनकाई सुरुङ्गाको ठूलो परियोजनाको रुपमा रहेका लायन्स शान्ति वनमा उक्त विरुवा रोपिएका हुन् । सुकेडाँगी सामुदायिक वनको मातहतमा रहेको करिब साढे ३ बिगाहा क्षेत्रफलमा विकास गरिने…

Read More

  कनकाई अनलाईन / कनकाई नगरपालिका  ३ सुरुङ्गा कनकाई टोलमा  आज दिउसै चोरी भएको छ । झापा विर्तामोडका एक भण्डारी थरका करिव वर्ष १८ का एक युवकले स्थानीय सन्तोस थपलियाको घर फुटाइ भाग्ने क्रममा छिमेकी मनिस माझिको घरभित्रको भकारीमा केहि चोरी गरेको गहना सहित  लुकेर वसेको अवस्थामा गाउँलेले पक्राउ गरि इलाका प्रहरी कार्यालय सुरुङ्गालाई बुझाएका छन् । घरमा कोहि नभएको अवस्थामा घरको ढोका फुटाएर भाग्न खोज्दा गाउँलेले उनलाई लखेटेका थिए , चोरी गरि भागेका ती युवकलाई माझीको घरभित्र भकारीमा लुकेको अवस्थामा फेला पारेका थिए । ती चोरी गर्ने युवकले आफ्नो घर विर्तामोड नयाँ वसपार्कमा रहेको र गरिवीको कारण आफु चोरीमा…

Read More

  शान्ता अधिकारी झा , जनयुद्धकालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा लागेकी एक २८ वर्षिय महिला नेतृ कक्षा ६ मा पढ्दादेखिनै माओवादीको भातृ संगठन अखिलनेपाल विद्यार्थी संगठन क्रान्तिकारीमाल २०५८ सालबाट चम्पापुर माविबाट  आवद्ध अधिकारी पछिल्लो समय महिला नेतृ बन्न पुगेकी छिन् । उनी अनेमसंघ क्रान्तिकारीकी कनकाई नगर अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य समेत हुन् । हाल उनी कनकाई नगरपालिकामा नेकपा माओवादी केन्द्रकी कनकाई नगरको उपमेयरमा उम्मेद्धारी दिएकी छिन् । उनलाई  माओवादी युद्धकालमा सरु शर्मा उपनामले चिनिने गरिन्थ्यो । यो अन्र्तवाता तयार पार्दासम्म हाल उनी झापाकै सवैभन्दा कान्छी उमेरकी उपमेयर हुन् । उनी गाउँघरमा समेत निक्कै संघ संस्थामा आवद्ध रहेकी छिन् । गायत्री…

Read More