Kanakai Online

खुल्ला दिसामुक्त क्षेत्रमा सार्वजनिक सौचालयको यस्तो हालत।


मङ्गलवार, भदौ ९, २०७७ |

कनकाई अनलाइन

झापा,भदौ ९।यो तस्बिर हो झापा गाउँपालिका-३ को कमारटोली(कामाटोली) बजारमा रहेको सार्वजानिक सौचालयको।यो सौचालयको निर्माण भएको करिव २ वर्ष भएपनी बिचमा केही समय प्रयोग गरेर बन्द रहेको स्थानियले बताएका छन।

अहिले यस सौचालयमा घाँस र दुबोले सौच गरिरहेका छन।अगाडि गेटमा दुईवटा ताला लगाएर बन्द गरिएको छ।टाघनडुब्बा स्वास्थ्य चौकीको आडैमा रहेको यस सौचालय प्रयोग बिहिन भएर बसिरहेको छ।झापा गाउँपालिकाले २०७५ साल असोज २ गते आफ्नो गाउँपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको थियो।खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेर पनि सार्वजानिक सौचालयलाई सही व्यबस्थापन गर्न नसकेको स्थानियले गुनासो गरेका छन।

टाघनडुब्बा स्वास्थ्य चौकीको आडैमा रहेकोले कनकाई अनलाइनले यस स्वास्थ्य चौकीका प्रमुख प्रेम न्यौपानेलाई यस बिषयमा कुरा गर्दा धेरै मानिस सौच गर्न यहाँ बन्द रहेकोले स्वास्थ्य चौकी आउने गरेको बताउनु भयो।”कतिपयलाई त हामी नै हाम्रो स्वास्थ्य चौकीको सौचालय प्रयोग गर्न दिन्छौ,अहिले यस्तो महामारी छ हाम्रो सौचालय भित्र छ,सबैलाई प्रयोग गर्न दिन पनि असम्भव होला” उहाँले भन्नू भयो।

झापा गाउँपालिका-३ का वडाध्यक्ष मोतीलाल गणेशले सार्वजनिक सौचालयको ब्यबस्थापन गर्न नसकेको स्विकार्दै आफुले यो सौचालय खोल्न पहल गरिरहेको बताउनु भयो।”बिचमा एक समय खोलेको भए पनि यसलाई सरसफाई गर्ने मान्छे भएन,सार्वजनिक सौचालय झन दुर्गन्दित भयो,त्यसपछी हामीले ताला लगाएको हो,म भोलि नै बिपत व्यबस्थापन समितिको बैठकमा कुरा राख्छु र निचोडमा पुग्छु” गणेशले भन्नुभयो।

स्मरण रहोस यो बन्द सार्वाजनिक सौचालय झापा गाउँपालिकाको कार्यालय देखि करिव ५० मिटरको दुरिमा रहेको छ।कार्यालय जाँदा यही बाटो भएर जानुपर्छ।

सम्बन्धित खबर